
काठमाडौं ।
ओला इलेक्ट्रिक वर्तमान समयमा भारतको सर्वाधिक बिक्री हुने इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी बनेको छ। यस्तो हुनुको प्रमुख कारणको रुपमा कम्पनी फीचर्स तथा प्रविधिमा अन्य प्रतिस्पर्धी भन्दा अघि छ।
कम्पनीको ओला एस वान आधुनिक फिचर युक्त स्कुटर रहेको छ। तर पनि कम्पनीले यसमा लगातार रुपमा अपडेट उपलब्ध गराउँदै आइरहेको छ। भर्खरै ओलाका सीईओ भाविष अग्रवालले सोशल मीडिया पर एक नयाँ भिडियो सेयर गरेका छन् जसमा ओलाको नयाँ प्रविधि देख्न सकिने ड्राइभस्पार्कले उल्लेख गरेको छ।
नयाँ भिडियोमा ओला इलेक्ट्रिक स्कूटरमा एडीएएस टेस्टिङ गरिरहेको जस्तो देखिन्छ। एडीएएस अर्थात एडभान्स ड्राईभर असिस्टेन्स सिस्टम सेफ्टी फीचरका एक समूह हो। जसको मद्दतबाट ड्राईभर तथा यात्रीलाई सुरक्षित बनाउन सकिन्छ।
ओला एस वान प्रोमा फ्रन्ट–फेसिङ क्यामरा वा मेक शिफ्ट स्क्रीन लगाइएको जस्तो नयाँ भिडियोमा देखिन्छ। यसमा सडक ब्लू बक्समा देखिन्छ र क्यामराले सडकमा गुडिरहेका अन्य सवारीलाई पनि डिटेक्ट गर्छ।
हाल ओलाले आफ्नो स्कुटरमा यो फिचर टेस्ट गरिरहेको छ। प्राविधिकि डेमोको माध्यमबाट यस सम्बन्धमा थप जानकारी दिने अग्रवालले बताए। ओला इलेक्ट्रिक लगातार यस फिचरमा काम गरिरहेको छ र आगामी दिनमा यसलाई ल्याउने छ।
एडीएएमा एडाप्टिभ क्रूज कन्ट्रोल, कोलिजन एभोइडेन्स, पेडेस्ट्रियन डिटेक्शन लगायत फिचर प्राप्त गर्न सकिन्छ। साथै ओलाले ग्राहकको सुरक्षा ध्यानमा राख्दै एस वान इलेक्ट्रिक स्कुटरको फ्रन्ट सस्पेन्सनलाई फ्रीमा अपग्रेड गर्दैछ।
ओला इलेक्ट्रिक एस वान प्रोको फ्री अपग्रेड २२ मार्चदेखि शुरू हुनेछ।
प्रकाशित: ९ चैत्र २०७९, बिहीबार