दूरसञ्चार सेवामा ग्राहकले ३० प्रतिशतसम्म छुट पाउन सक्ने

  • Technology Khabar | ९ चैत्र २०७९, बिहीबार
दूरसञ्चार सेवामा ग्राहकले ३० प्रतिशतसम्म छुट पाउन सक्ने

काठमाडौं ।

दूरसञ्चार सेवा प्रदायकले आफ्नो सेवामा ग्राहकलाई ३० प्रतिशतसम्म छुट दिन सक्ने भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार ऐन संशोधनका लागि तयार पारेको विधेयक मस्यौदामा दूरसञ्चार सेवा प्रदायलकले ग्राहकलाई ३० प्रतिशतसम्म छुट दिन सक्ने व्यवस्था गरिएको छ।

दूरसञ्चार शुल्कको दर आर्थिक तथा प्राविधिक पक्षको वैज्ञानिक विश्लेषणका आधारमा निर्धारण गरेर प्राधिकरणबाट स्वीकृत गराउनु पर्ने हुन्छ। सेवा शुल्कको दर प्राधिकरणले निर्देशन गरे बमोजिम सार्वजनिक गुर्न पर्ने छ।

यस्तै विधेयक मस्यौदामा अनुमतिपत्र प्राप्त व्यक्तिे आफूले प्रदान गरेको दूरसञ्चार सेवाको शुल्क तथा अन्य शर्तको सम्बन्धमा अनुचित रुपमा भेदभाव गर्न वा आफू समेत कुनै व्यक्तिलाई अनुचित प्राथमिकतामा दिन वा कुनै व्यक्तिलाई अनुचित नोक्सानी पार्न नहुने उल्लेख गरिएको छ। अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकलाई दूरसञ्चार सेवा उपलबध गराए बापत सेवा शुल्क लगाउन र असुल गर्न सक्ने व्यवस्था पनि गरिएको छ।

प्रकाशित: ९ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार