ग्यालेक्सी जेड फोल्ड ५ र फ्लिप ५ मा अन्ततः ग्याप-फ्री हिंज हुने!

  • Technology Khabar | ६ चैत्र २०७९, सोमबार
ग्यालेक्सी जेड फोल्ड ५ र फ्लिप ५ मा अन्ततः ग्याप-फ्री हिंज हुने!

काठमाडौं ।

ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी फ्लिप ५ को अफवाहहरूले अनलाइनमा आकर्षण पाइरहेको छ। साथै टेक उत्साहीहरूले सामसङको नयाँ आविष्कार समावेश गरिएको फोल्डेबल स्मार्टफोन बजारमा आउनका लागि उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन्। उक्त आगामी दुई फोल्डिङ स्मार्टफोनहरूले हालको ग्यालेक्सी जेड फोल्ड ४ र फ्लिप ४ मोडलहरूलाई प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ। उक्त नयाँ मोडलहरुको डिजाइनमा कुनै पनि सम्झौता नगरी प्रयोगकर्ताको अनुभव र स्थायित्वमा वृद्धि गर्ने आशाका साथ पर्याप्त सुधारहरू गरिएको बताइएको छ।

ट्विटर इनसाइडर आइस युनिभर्सले ग्यालेक्सी जेड फोल्ड ५ र जेड फ्लिप ५ को वरपर रहेका नवीनतम अफवाहहरूको बारेमा जानकारी प्रदान गरेको उल्लेख गरिएको छ। स्मार्टफोन उद्योगमा लोकप्रिय इनसाइडरहरू मध्ये आइस युनिभर्स एक भएको र आधिकारिक रुपमा घोषणा हुनु भन्दा अघि उत्पादनहरूका विवरणहरू चुहावट गर्नेको लागि राम्रो ट्र्याक रेकर्ड रहेको उल्लेख गरिएको छ।

ग्यालेक्सी जेड फोल्ड ५
ग्यालेक्सी जेड फोल्ड ५ र यसको पूर्ववर्ती फोल्ड ४ बीचको सबैभन्दा मुख्य भिन्नताहरू मध्येको एक हिंज हुने बताइएको छ। समसङले ड्रप सोलुसन रोजेको र यसले केन्द्रमा देखिने क्रिजको भिजिबिलिटिलाई कम गर्ने उल्लेख गरिएको छ। साथै यस ट्रान्जिसन्ले डिभाइसको मोटाईलाई १५.८–१४.२एमएम बाट लगभग १३एमएम सम्म घटाउने बताइएको छ। यसबाहेक, फोल्डेबलका दुवै पक्षहरूले बीचमा कुनै पनि (स्पेस) ठाउँ नछोडी किताब जस्तै बन्द हुने उल्लेख गरिएको छ।

साथै आगामी फोल्डेबलहरुमा पनि हालको पुस्ताको जस्तै लगभग समान आयामहरू हुने अपेक्षा गरिएको छ। आगामी फोल्डेबलहरु र तिनीहरुको पूर्ववर्तीको आयामहरूमा केवल ०.२ मिमी भिन्नताको रहने उल्लेख गरिएको छ। त्यसैगरी डिभाइसको वजन २५४ ग्राम हुने अपेक्षा गरिएको छ। उक्त तौल यसको पूर्ववती ग्यालेक्सी जेड फोल्ड ४ को भन्दा नौ ग्राम कम भएको बताइएको छ। साथै, नयाँ डिभाइसको बाह्य(एक्सटर्नल) डिस्प्ले ६.२ इन्चको रहने र कुनै महत्त्वपूर्ण परिवर्तनहरू नगरिने थप बताइएको छ।

ग्यालेक्सी जेड फोल्ड ५ मा समावेश गरिने अन्य अपेक्षीत फिचरहरूमा टच स्क्रिन, क्वालकम स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफर्म, आईपीएक्स८ वाटर रेज्सिटेन्ट र आईएसओसीईएलएल जीएन३ मुख्य सेन्सर (ग्यालेक्सी एस२३ अल्ट्रामा पाइने आईएसओसीईएलएल एचपी२ होइन) जस्ता नयाँ प्रविधिहरु रहेको गीजचाइनमा उल्लेख गरिएको छ।

प्रकाशित: ६ चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...