मर्सिडिजले ई-सवारी प्लान्टमा अर्बौं डलर लगानी गर्ने

  • Technology Khabar | ६ चैत्र २०७९, सोमबार
मर्सिडिजले ई-सवारी प्लान्टमा अर्बौं डलर लगानी गर्ने

काठमाडौं ।

मर्सिडीजले आगामी वर्षहरूमा चीन, जर्मनी र हंगेरीमा आफ्ना प्लान्टलाई आधुनिकीकरण गर्न अर्बौं डलर लगानी भएको छ। अटोमोबिलवोचे पत्रिकाको रिपोर्ट अनुसार कार निर्माताले विद्युतीय सवारी साधनमा स्विच गर्न र उत्सर्जन घटाउन अबौं डलर लगानी गर्ने तयारी गरिरहेको छ।

युरोपेली संघले २०२० को तुलनामा यस दशकको अन्त्यसम्ममा प्रति यात्रु कारमा सीओ२ उत्सर्जनलाई आधा घटाउने लक्ष्य राखेको छ। साथै जैविक इन्धन कारहरूको बिक्री २०३५ को समयसीमा अन्त्य गर्न खोजिरहेको छ।

मर्सिडीजले यो दशकको अन्त्यसम्ममा इलेक्ट्रिकमा जान तयार हुने बताएको छ। जहाँ बजार अवस्थाले अनुमति दिनेछ।

उत्पादन प्रबन्धक जोर्ग बर्जरले म्यागजिनलाई उद्धृत गर्दै भने, ‘हामी रन अपको लागि प्रति प्लान्ट तीन–अंक मिलियन रकम लगानी गर्दैछौं। यो लगानी बेइजिङ, जर्मनीको रस्टाट र हंगेरीको केक्सकेमेट प्लान्टमा हुनेछ।’

कार निर्माताले आगामी महिनामा रस्टाट प्लान्टमा काम शुरु गर्नेछ र २०२४ बाट कम्प्याक्ट सवारी प्लेटफर्म एमएमएको पहिलो मोडेल उत्पादन गर्नेछ। त्यहाँ उत्पादित मोडेलहरूको संख्या सातबाट चारमा कटौती गरिने बर्जरले बताए।

यसका साथै मर्सिडीजले जर्मनीको सिन्डेल्फिन्जेन, ब्रेमेन र रस्टाट प्लान्टहरूमा पेन्टिङ सिसटमको आधुनिकीकरण गर्न लो सिङगल–डिजिट बिलियन डलर लगानी गर्नेछ।

रिपोर्टमा भनिएको छ कि आधुनिकीकरणको उद्देश्यक कार्बन मुक्त ऊर्जाको विपरीत ऊर्जा र पानीको खपत घटाउने ग्यासमा पेन्टिङ सिस्टमको निर्भरता कम गर्ने रहेको छ।

प्रकाशित: ६ चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...