
काठमाडौं ।
बेलायती मन्त्री ओलिभर डाउडेनले बिहीबार सरकारी डिभाइसहरूमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाउने बताएका छन्। उनले कतिपय प्लेटफर्महरूमा संवेदनशील डाटा कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा जोखिम रहेको बताएको रोयटर्सले रिपोर्ट गरेको छ।
“हामी यस्तो प्रणालीमा जाँदैछौं जहाँ सरकारी डिभाइसहरूले पूर्व-अनुमोदित सूचीमा रहेका तेस्रो पक्षीय एप्लिकेसनहरू मात्र पहुँच गर्न सक्षम हुनेछन्,” डाउडेनले सांसदहरूलाई भने।
“हामी सरकारी उपकरणहरूमा टिकटकको प्रयोगमा पनि प्रतिबन्ध लगाउन जाँदैछौं। हामी त्यसो तुरुन्त प्रभावबाट गर्नेछौं।”
प्रकाशित: ३ चैत्र २०७९, शुक्रबार