सामसङले भारतमा ग्यालेक्सी जेड फ्लिप ३ को मूल्य झण्डै ५० प्रतिशतले घटायो

  • Technology Khabar | १ चैत्र २०७९, बुधबार
सामसङले भारतमा ग्यालेक्सी जेड फ्लिप ३ को मूल्य झण्डै ५० प्रतिशतले घटायो

काठमाडौं ।

ग्यालेक्सी जेड फ्लिप ४ (Galaxy Z Flip 4) लन्च भएको छ महिनापछि सामसङले भारतमा ग्यालेक्सी जेड फ्लिप ३ को मूल्य ठूलो अन्तरले घटाएको छ। मूल रूपमा भारु ९५,९९९ मूल्यमा पाईने ग्यालेक्सी जेड फ्लिप ३ अब मात्र भारु ४९,९९९ मा नै किन्न सकिने भएको छ। हालको रकम लन्च मूल्यको तुलनामा ४७ प्रतिशत भन्दा बढीको छुट हो।

ग्यालेक्सी जेड फ्लिप ३ भारतको फ्लिपकार्टबाट मात्र भारु ४९,९९९ मा खरिद गर्न सकिने साम मोबाइलले रिपोर्ट गरेको छ। यो मूल्य फोनको १२८ जीबी संस्करणको लागि हो, र यो कालो र क्रिम दुवै रंगमा उपलब्ध छ। ग्यालेक्सी जेड फ्लिप ३ को २५६ जीबी संस्करणको मूल्य भारु ८८,९९९ छ, र यसले १२८जीबी संस्करण जत्तिकै राम्रो मूल्य कटौती प्राप्त गरेको छैन।

अझै एक्सिस बैंकको क्रेडिट कार्ड प्रयोग गरी फोन खरिद गर्नेलाई १० प्रतिशतको अतिरिक्त छुट छ।

रिपोर्टकाअनुसार सामसंग इन्डियाको आफ्नै वेबसाइटमा यो डिभाइस स्टक सकिएको छ, जबकि अन्य खुद्रा विक्रेताहरू जस्तै रिलायन्स डिजिटल, टाटा क्रोमा, र विजय सेल्सले फोल्ड गर्न मिल्ने फोनलाई भारु ६० हजारदेखि ७३ हजारको बीचमा बेचिरहेका छन्।

प्रकाशित: १ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार