Technology Khabar १८ भाद्र २०७४, आईतवार
काठमाडौं ।
काठमाडौं, १८ भदौ । ओप्पोले नेपाली उपभोक्ताका लागि आफ्नो सेल्फी एक्स्पर्ट ए३७ (Oppo A37) लाई कालो रंगमा उपलब्ध गराएको छ । आफ्ना उपभोक्तालाई क्यामेरा फोन मार्फत पृथक अनुभव दिने सोचका साथ ओप्पो ए३७ कालो रंगमा उपलब्ध गराएको हो । सार्वजनिक गरिएको नयाँ एडिशनमा परिस्कृत कलरओएस ३.०का साथै २ उच्च कार्यसम्पादन क्षमता सहितका क्यामेरापनि जडान गरिएको छ ।
‘ओप्पो ए३७ पहिलो पटक गोल्ड (सुनौलो) रंडमा सार्वजनिक गर्दा देखि नै यसलाई कालो रंगमा पनि उपलब्ध गराउन उपभोक्ताले अनुरोध गरिरहेका थिए,’ ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने ।
ओप्पो ए३७ले न्यून प्रकाश भएका स्थानमा समेत आकर्षक सेल्फी अनुभव प्रदान गर्ने क्षमता राख्छ । फोनमा रहेको ५ मेगा पिक्सेल क्षमताको फ्रण्ट क्यामेरामा १/४ ईञ्च सेन्सर र आफ्नो मूल्य श्रेणीमै सर्वाधिक ठूलो १/४ म्यूएम पिक्सेल सहितको ओम्निबीएसआई+ (ब्याकसाइड ईल्लुमिनेशन) उपलब्ध गराएको छ । यसले प्रकाश समवेदनशिलता बढाई फोटोमा न्वाइज घटाउन उल्लेख्य मात्रामा सघाउँछ ।
डिस्प्लेको माध्यमबाट फ्ल्यास फाल्ने प्रविधि अर्थात् स्क्रिन फ्ल्यास फिचरको सुविधा सहितको यो फोनले जुनसुकै अवस्थानमा प्राकृतिक तथा उज्यालो सेल्फीको सुनिश्चितता प्रदान गर्छ । आफ्ना लाखौँ उपभोक्ताबाट प्राप्त सुचनाका आधारमा फोनमा रहेको ब्यूटिफिकेशन फिचरलाई थप परिस्कृत गरिएको कम्पनीले जानकारी दिएको छ । 
नयाँ फोनले ७ भिन्न ईन्टेलिजेन्ट ब्यूटिफिकेशन सपोर्ट गर्नुका साथै भिन्दा भिन्दै स्किन टोनलाई दृष्टिगत गर्दै २ छुट्टै मोडपनि उपलब्ध गराएको छ । यसले प्रयोगकर्तालाई आफ्नो उत्कृष्ट पाटो उजागर गर्न उल्लेख्य मद्दत गर्छ ।
ए३७मा १/३.२ ईञ्च ब्याक ईल्लुमिनेटेड सेन्सर र १.४ म्यूएम पिक्सेल क्षमता सहितको ८ मेगा पिक्सेलको रियर क्यामेरा उपलब्ध छ । फ्रण्ट क्यामेराले झैँ यसले पनि प्रकाश सम्वेदनशिलता बढाउँदै न्वाइज घटाउन उल्लेख्य सघाव पुर्याउँछ । साथै, यसमा रहेको क्यामेराले तस्विरलाई तस्विरमा रहेका कमी कमजोरी हटाउँदै जिवन्त दृष्य खिच्न समेत सहयोग गर्छ ।
त्यसैगरी, फोनमा अल्ट्रा–एचडी मोडको सुविधापनि उपलब्ध छ । यो मोडले लगातार ५ तस्विर खिचेर तिनमा रहेका उत्कृष्ट पाटो मात्र समाहित गरी जीवन्त रंग र विवरण सहित २४ मेगा पिक्सेलको तस्विर कैद गर्न सघाउँछ । हात तन्काएर सेल्फी लिने प्रयास गरिरहँदा अनजानमै हलचलका कारण धमिलो फोटो आउने समस्याको समाधानका रुपमा ए३७मा पाम सटल फिचरपनि उपलब्ध रहेको छ । यो फिचरको माध्यमबाट प्रयोगकर्ताले फ्रण्ट क्यामेरामा तिर हत्केला हल्लाएकै भरमा तस्विर लिन सक्छन् ।
फोनमा रहेको ५ ईञ्च डिस्प्लेलाई २.५ डी कोर्निङ गोरिल्ला ग्लास ४को प्रयोग गरिएको छ ।
बलियो म्याग्नेसियन आल्मुनियम अलोए फ्रेमवर्क सहित जडान गरिएको ए३७को वजन जम्मा १ सय ३६ ग्राम मात्र रहेको छ ।
ओप्पो ए३७मा २ जीबी ¥याम र ६४ बिट स्न्यापड्रागन क्वाडकोर प्रोसेसरको प्रयोग गरिएको छ ।
प्रयोगकर्तालाई आफ्ना तस्विर तथा मिडिया सञ्चय गर्नका लागि स्पेशको अभाव महशुस नहोस् भन्ने सोचका साथ १६ जीबी आन्तरिक स्टोरेजको सुविधा फोनमा उपलब्ध छ । प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार यसलाई १ सय २८ जीबी सम्म बढाउन सक्छन् ।
ए३७मा सहजताका साथै, तिब्रगति र उच्च कार्य सम्पादन क्षमताका लागि परिस्कृत गरिएको ओप्पोको नयाँ कलरओएस ३.० सञ्चालन प्रणाली प्रयोग गरिएको छ । परिस्कृत कलरओएस ३.०को कार्य सम्पादन गति पछिल्लो कलर ओएस २.१का तुलनामा २० प्रतिशतले थप तिब्र गतिको छ ।
कम्पनीले ओप्पो ए३७ मूल्य १५ हजार ५ सय ९० रुपैयाँ तोकेको जनाएको छ ।
प्रकाशित: १८ भाद्र २०७४, आईतवार