आईफोन १५ मोडलको चार नयाँ डिजाइन खुलासा! 

  • Technology Khabar | ३० फाल्गुन २०७९, मंगलवार
आईफोन १५ मोडलको चार नयाँ डिजाइन खुलासा! 

काठमाडौं ।

यस वर्षको सेप्टेम्बरमा लन्च हुने नयाँ आईफोन १५ सिरिजको रिलिज एप्पलका फ्यानहरूले उत्सुकताका साथ पर्खिरहेका छन्। यद्यपि यस सिरिजको लन्च गरिने मिति भने अझै पनि महिनौं टाढा रहेको छ। लन्चको लागि निकै समय बाँकी भए तापनि यस नयाँ फ्ल्यागशिप स्मार्टफोनहरूको बारेमा विवरणहरू भने पहिले नै लीक भइरहेका छन्। साथै उक्त लीकहरुले गर्दा यस रिजिको डिजाइन र फिचहरूको सन्दर्भमा केही अनुमानहरु लाउन सकिने गीजचाइनामा उल्लेख गरिएको छ।

उक्त नयाँ लिक म्याक ओटाकारा नामक जापानी पोर्टलबाट आएको उल्लेख गरिएको छ। सथै यस पोर्टलले एप्पलको बारेमा सबै समाचारहरूलाई नजिकबाट पछ्याउने गरेको बताइएको छ। यद्यपि लीक भएका सबै जानकारीहरुलाई झट्ट पत्याउन नसकिए तापनि यस विशेष लीक एकदम विश्वासयोग्य देखिएको गीजचाइनाले बताएको छ। पोर्टलमा एउटा भिडियो प्रकाशित गरिएको र उक्त भिडियोमा चार फरक आईफोन १५ मोडलको थ्रीडी प्रिन्टेड मोडेलहरू प्रदर्शन गरिएको बताइएको छ। साथै उक्त भिडियोले फोनको बारमो अन्य धेरै महत्त्वपूर्ण विवरणहरू पनि खुलासा गरेको उल्लेख गरिएको छ।

उक्त भिडियोमा पूर्ववर्तीहरूको तुलनामा नयाँ आईफोनहरू बढी कर्भड (घुमाउरो) र कम सार्प डिजाइनमा देख्न सकिने बताइएको छ। त्यसैगरी आईफोन १५ को सबै संस्करणहरू डायनामिक आइल्याण्ड र यूएसबी टाइप–सी पोर्टको साथ आउने थप उल्लेख गरिएको छन्। प्रयोगकर्ताहरूले यस सिरिजमा फास्टर चाजिर्ङ टाइम र सुधारिएको कनेक्टिभिटीको आशा गर्न सक्ने बताइएको छ।

सबैभन्दा महँगो मोडेलहरू मानिएको आईफोन १५ र आईफोन १५ म्याकसमा भोल्युम–की को नयाँ डिजाइनलाई सबैभन्दा उल्लेखनीय परिवर्तनहरूमध्येको एक रहेको लीक भिडियोले खुलासा गरेको छ। साथै यस मोडलहरूमा सिङ्गल क्यापेसिटिभ की फिचर गरिने उल्लेख गरिएको छ। हालको डिजाइनबाट परिवर्तन हो।

त्यसैगरी आईफोन १५ आफ्नो पूर्ववर्ती भन्दा एक मिलिमिटर लामो हुने भनी लीक भिडियोले पुष्टि गरेको दाबी गरिएको छ। यसले गर्दा हालको मोडलका केसहरू नयाँ फोनहरूसँग उपयुक्त नहुने बताइएको छ। यद्यपि आईफोन १५ र यसको पूर्ववर्तीहरुको डाइमेन्सन (आयाम) भने एउटै हुन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ। कीहरू र क्यामेरा मोड्युलको पङ्क्तिबद्धताले गर्दा प्रयोगकर्ताहरूलाई अघिल्लो मोडेलहरूका केसहरू प्रयोग गर्नबाट रोक्ने थप बताइएको छ।

प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार