एकीकृत सूचना प्रणाली प्रभावकारी बनाइने

  • Technology Khabar | २९ फाल्गुन २०७९, सोमबार
एकीकृत सूचना प्रणाली प्रभावकारी बनाइने

काठमाडौं ।

काठमाडौँ जिल्ला समन्वय समितिले जिल्लास्थित विभिन्न कार्यालयमा छरिएर रहेका तथ्याङ्क एवं सूचनालाई एकीकृत रूपमा प्राप्त गर्न सकिने गरी व्यवस्था गर्ने भएको छ। जिससले तथ्याङ्कक एवं सूचना प्रणालीलाई चुस्तदुरुस्त, एकीकृत र बिश्वसनीय बनाउने गरी प्रणालीको विकास गर्न लागेको हो।

जिल्ला समन्वय समिति काठमाडौंको सम्पन्न छैटौं जिल्ला सभाले तथ्याक्क एवं सूचना प्रणालीलाई प्रभावकारी बनाउने निर्णय गरेको हो। नेपालको संविधानले जिल्ला सभामा जिल्लाभित्रका सबै पालिकाको प्रमुख र उपप्रमुखको उपस्थितिमा जिल्ला सभा गरी जिल्लाको समग्र विकासको
नीति निर्माण गर्ने अधिकार प्रदान गरेको छ।

जिससले संवैधानिक भूमिका निर्वाह गर्न आवश्यक कानुन कार्यविधि तर्जुमा गर्न तथा सचय र प्रदेश सरकारसँग पहल गर्ने, जिल्लाभित्रका स्थानीय तहमा हुने समोक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारीलाई आमन्त्रण गर्ने व्यबस्था गर्नुपर्ने नीति बनाइएको छ।

जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जिसस सञ्चालनका लागि प्रदेश सरकारबाट आवश्यक कानुन तथा कार्यविधि स्पष्ट व्यवस्था नहुँदा जिल्ला सभाका तर्फबाट जिल्ला समन्वय समितिले गर्नुपर्ने कार्यसम्पादन व्यवस्थित र प्रभावकारी हुन नसकेको बताए।

संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध सुदृढ गर्न स्थानीय तहमा सञ्चालित विकास कार्यक्रमलाई प्रभावकारी र पारदर्शी बनाउन आवश्यक रहेको जिससले जनाएको छ।

प्रकाशित: २९ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • २९ फाल्गुन २०७९, सोमबार