सामसङले यस वर्षको अन्त्यमा नयाँ ग्यालेक्सी स्मार्टट्याग लन्च गर्ने

  • Technology Khabar | २९ फाल्गुन २०७९, सोमबार
सामसङले यस वर्षको अन्त्यमा नयाँ ग्यालेक्सी स्मार्टट्याग लन्च गर्ने

काठमाडौं ।

सामसङले आफ्नो पहिलो ग्यालेक्सी स्मार्टट्याग २०२१ को शुरुमा ग्यालेक्सी एस२१ सिरिजसँगै लन्च गरेको थियो। त्यसयता कम्पनीबाट स्मार्टट्यागमा कुनै पनि फलोअप भएको थिएन। स्मार्ट ट्यागहरू एकदम सरल उपकरणहरू भएकाले र राम्रोसँग काम गर्ने भएकाले तिनीहरुलाई बारम्बार अपडेट आवश्यक नपर्ने हुनाले कम्पनीले स्मार्टट्यागको फलोअप नगरेको हुनसक्ने तथ्य उल्लेख गरिएको छ।

स्पष्ट रूपमा, सामसङले आफ्नो ओरिजिनल स्मार्टट्यागको ९अपडेटेड० अद्यावधिक संस्करण ल्याएको छ। साथै उक्त दोस्रो पुस्ताको स्मार्ट ट्याग यस वर्षको अन्त्यमा सम्भवतः दुई फोल्डेबलहरू र गयालेक्सी बड्स३ र गयालेक्सी वाच६ सँग अगस्तमा रिलीज हुने साममोबाइलको स्रोतहरूले दाबी गरेको बताइएको छ।

त्यसैगरी यस उपकरणमा अपग्रेड गर्न पर्ने अन्य धेरै फिचरहरु नभएको हुनाले नेक्स्ट जेनेरेसनको ट्यागलाई सुधारिएको दायरा, थप उन्नत बीपर, ब्याट्री लाइफ र परिष्कृत सुरक्षाको साथ देख्न सकिने उल्लेख गरिएको छ।

प्रकाशित: २९ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार