काठमाडौं ।
ओप्पोको यस महिना फाइन्ड एक्स६ र फाइन्ड एक्स६ प्रो समावेश फाइन्ड एक्स६ सिरिज अनावरण गर्ने अपेक्षा गरिएको छ। गत जनवरीमा फाइन्ड एक्स६ प्रोको रेन्डरहरू अनलाइनमा लीक भएको थियो। उक्त रेन्डरमा सेतो र हरियो रङ्गको स्मार्टफोन देखा परेको उल्लेख गरिएको छ। त्यसैगरी हाल हरियो मोडलको लाइभ इमेज ९प्रत्यक्ष छवी० देखा परेको र उक्त फोनको पछाडिको भागमा फरक क्यामेरा टापु रहेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
लिक भएको उक्त नयाँ तस्बिरले ओप्पो फाइन्ड एक्स६ प्रोमा डुअल–टोन डिजाइन सहितको सर्कुलर क्यामेरा आइल्याण्डलाइ देखाएको बताइएको छ। यसको माथिल्लो भाग सम्भवतः ग्लासले निमार्ण गरिएको र त्यसमा ग्लोसी ९चमकदार० फिनिश सहित दुई क्यामेरा र एक एलईडी फ्ल्यास समावेश गरिएको बताइएको छ। साथै त्यसमा ह्यासलब्लाडको ब्रान्डिङ पनि देखिएको उल्लेख गरिएको छ। त्यसैगरी यसको तलको भागमा सिङ्गल क्यामेरा रहेको र त्यसमा “पावर्ड वाइ मारीसिलिकन” टेक्स्ट रहेको बताइएको छ।
यद्यपी ओप्पोले एक्स६ लाइनअपको स्पेक्स सिट अझै सम्म पनि विस्तृत नगरेको भए तापनि अनलाइनमा भने यसको स्पेक्सहरू लीक भइसकेको उल्लेख गरिएको छ। साथै ब्रान्डले यस महिना चीनमा एक्स६ सिरिज अनावरण गर्ने जानकारी बाहिरिएको छ। यद्यपी कम्पनीले भने उक्त स्मार्टफोनहरू अन्य बजारहरूमा लन्च गर्ने योजनाहरूको बारेमा कुनै जानकारी खुलाएको छैन। फाइन्ड एक्स६ प्रो चीनको लागि मात्र उपलब्ध गराइने एक भरपर्दो टिपस्टर आइस युनिभर्सले दाबी गरेको छ। यसको पूर्ववर्ती फाइन्ड एक्स५ प्रो भने केही अन्तर्राष्ट्रिय बजारहरूमा पनि बेचिएको थियो।
गत वर्षको शाओमी १२एस अल्ट्रा पनि विश्वव्यापी रूपमा बिक्री गरिएको थिएन। शाओमी १३ अल्ट्रा विश्वव्यापी रूपमा विक्रि गरिने भनी टिपस्टरले दाबी गरेको छ।
प्रकाशित: २८ फाल्गुन २०७९, आईतवार