ललितपुर मोबाइल एक्स्पो भदौ १६ देखि, मोबाइल खरिदमा ७० प्रतिशतसम्म छुट

  • Technology Khabar | ९ भाद्र २०७४, शुक्रबार
ललितपुर मोबाइल एक्स्पो भदौ १६ देखि, मोबाइल खरिदमा ७० प्रतिशतसम्म छुट

काठमाडौं ।

काठमाडौं, ९ भदौ । ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारेर विभिन्न ब्राण्डका मोबाइल फोनहरुको ललितपुरकै सबैभन्दा भव्य र ठूलो चौथो एक्स्पो आयोजना गर्ने भएको छ ।

कम्पनीले यहि भदौ १६ गते मंगलवारदेखि भदौ २६ गतेसम्म आयोजना हुने गरी ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना गर्ने जानकारी दिएको छ ।

कम्प्लेक्समा नै रहेको टेलि इनोभेसन प्रालिको शोरुमको ग्राण्ड ओपनिङ पनि एक्स्पोको शुभारम्भसँगै हुने जानकारी दिईयो ।

ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सद्धारा आयोजना गरिने ललितपुर मोबाइल एक्स्पोमा ७० प्रतिशतसम्मको छुट दिईने छ । ग्राहकहरुले कुनैपनि मोबाइल फोनको खरिदमा ५ देखि ७० प्रतिशतसम्मको छुट तत्काल प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

त्यसैगरि हात खालि नजाने उपहारहरु पनि प्रत्येक मोबाइल खरिदमा राखिएको छ । जसअन्तर्गत हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लूटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर प्राप्त गर्न सक्नेछन् ।

मोबाइल कम्प्लेक्समा न्यूनतम ९०० रुपैयाँदेखि १ लाख ४० हजार रुपैयाँसम्मको विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् ।

कम्प्लेक्सको एक्स्पोको बेलामा दिने अफरहरु सँगै विभिन्न मोबाइल कम्पनीहरुले ल्याएका अफरहरु पनि साथमा लागू हुने तथा स्क्रयाच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाईक उपहार, क्यासब्याक, विभिन्न देशको टूरलगायतका मोबाइल खरिदमा लागू भएका योजना पनि एकैसाथ उपलब्ध हुने कम्पनीको दाबी छ ।

कम्प्लेक्सले आफ्ना ग्राहकहरुका लागि महान चाडको अवसर पारेर योजना ल्याएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

‘यहाँ गुणस्तरीय र ब्राण्डेड मोबाइल मात्र उपलब्ध हुन्छन भन्ने ग्राहकहरुलाई थाहा भईसकेको छ । अब हामी हाम्रा ग्राहकहरुलाई आकर्षक उपहारसहित खुशी बनाउन चाहन्छौं,’ अध्यक्ष बस्नेतले भने ।

ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा छन् । कम्प्लेक्समा सामसुंग, ह्वावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओवीआई, लाभा, सोनी, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: ९ भाद्र २०७४, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Karvika Thapa to speak at Harvard University on AI, startups, and Nepal’s economic transformation

  • Technology Khabar
  • ९ भाद्र २०७४, शुक्रबार