फोटो, भिडियो र जीआईएफएस एडिट गर्न सकिने फिचर ल्याउँदै ह्वाट्सएप

  • Technology Khabar | २६ फाल्गुन २०७९, शुक्रबार
फोटो, भिडियो र जीआईएफएस एडिट गर्न सकिने फिचर ल्याउँदै ह्वाट्सएप

काठमाडौं ।

मेटाको स्वामित्वको इन्स्ट्यान्ट म्यासेजिङ प्लेटफर्म ह्वाट्सएपले नयाँ फिचरमा काम गरिरहेको छ। नयाँ फिचरमा ह्वाट्सएपको ड्रोइङ टूल्समा धेरै विकल्प समावेश गरिनेछ। यस टूल्सको मद्दतबाट टेक्स्ट एडिट गर्नका लागि प्रयोगकर्ताले नयाँ सुविधा प्राप्त गर्नेछन्। यस फिचरलाई आईओएस डिभाइसको लेटेस्ट बिटा टेस्टिङको क्रममा देखिएको हो।

ह्वाट्सएपको नयाँ फिचर ट्रयाक गर्ने कम्पनी डब्ल्यूएबेटाइन्फोले यस फिचरको जानकारी दिएको छ। डब्ल्यूएबेटाइन्फोको रिपोर्ट अनुसार ह्वाट्सएप एउटा नयाँ टेक्स्ट एडिटर फिचरमा काम गरिरहेको छ। ह्वाट्सएपको ड्रोइङ टूल्समा नयाँ फ्रन्ट र टेक्स्ट फर्मम्याट दिइनेछ।

यस फिचरको मद्दतबाट किबोर्डमा उपलब्ध अप्सनलाई ट्याप गरेर फ्रन्ट सेलेक्ट गर्न निकै सजिलो हुनेछ। यहाँ प्रयोगकर्तालाई टेक्स्टको एलाइनमेन्ट परिवर्तन गर्नका साथै फोटो, भिडियो र जीआईएफको भित्र टेक्स्ट एड गर्न सक्ने सुविधा उपलब्ध छ। यसका अतिरिक्त प्रयोगकर्ता टेक्स्टको ब्याकग्राउन्ड कलर पनि परिवर्तन गर्न सक्नेछन्।

यस फिचरलाई टेस्टफ्लाइट प्रोग्राम अनुसार आईओएस २३.५.०.७२ अपडेटका लागि ह्वाट्सएपमा बिटा डेभलप गर्ने क्रममा देखिएको हो। हालका लागि टेस्टर टेक्स्ट टूलको प्रयोग गर्न सकिन्न किनकी यो विकासकै क्रममा छ। परीक्षण पछि यसलाई प्रयोगकर्ताका लागि रोलआउ गरिनेछ।

प्रकाशित: २६ फाल्गुन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार