काठमाडौं ।
गत वर्षको अगस्टमा ६.२ इन्च कभर डिस्प्ले रहेको सामसङ ग्यालेक्सी जेड फोल्ड ४ अनावरण गरिएको थियो। त्यसैगरी ग्यालेक्सी जेड फोल्ड५ मा पनि आफ्नो उत्तराधिकारीको जस्तै ६.२ इन्चको एक्सटर्नल स्क्रिन प्याक रहने एक भरपर्दो टिपस्टर आइस युनिभर्सले उल्लेख गरेको छ।
यद्यपि, यसको प्यानलको रिजोल्युसन फोल्ड ४ को जस्तै समान हुनेछ वा फरक हुनेछ भन्ने स्पष्ट छैन्।
साथै आइस युनिभर्सले ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ को धेरैजसो स्पेसिफिकेशनहरूको बारेमा थाहा पाएको दाबी गर्दै दुई ओटा फोल्डबल स्मार्टफोनहरुको डिजाइनलाई अन्तिम रूप दिइसकेको र कुनै परिवर्तन नगरिने बताएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
ग्यालेक्सी जेड फोल्ड५ को स्पेक्स सिट अझै पनि सतहमा आउन बाँकी रहेको र गत महिनाको एक रिपोर्टले फोल्ड५ को स्टोरेज अप्सनहरू ग्यालेक्सी जेड फोल्ड ४ को जस्तै गरी २५६ जीबी, ५१२ जीबी र १ टिबी हुने दाबी गरेको छ।
त्यसैगरी फोल्ड५ डिस्प्ले क्रिज लुकाउनको लागि नयाँ हिन्ज डिजाइनको साथ आउने अफवाह पनि रहेको छ। साथै फोल्ड५ अन्तिम परीक्षणहरूको क्रममा रहेको उल्लेख छ।
प्रकाशित: २६ फाल्गुन २०७९, शुक्रबार