एप्पलको स्याटेलाइटमा आधारित आपतकालीन एसओएस फिचर थप ६ देशमा उपलब्ध हुने

  • Technology Khabar | २५ फाल्गुन २०७९, बिहीबार
एप्पलको स्याटेलाइटमा आधारित आपतकालीन एसओएस फिचर थप ६ देशमा उपलब्ध हुने

काठमाडौं ।

एप्पलले स्याटेलाइटमा आधारित आपतकालीन सेवा थप ६ देशहरुमा बिस्तार गर्ने भएको छ।

स्याटेलाइट सेवा मार्फत एप्पलको आपतकालीन एसओएस यस महिनाको अन्त्यमा अस्ट्रिया, बेल्जियम, इटाली, लक्जमबर्ग, नेदरल्याण्ड्स र पोर्चुगल गरि थप ६ वटा देशहरूमा बिस्तार गरिने बताइएको छ।

हालसम्म संयुक्त राज्य अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, आयरल्याण्ड, र बेलायत गरि ६ ओटा देशहरूमा भूउपग्रह–समर्थित आपतकालीन सञ्चार (स्याटेलाइट बेस्ड इमर्जेन्सी कम्यूनिकेसन) सेवा सञ्चालनमा रहेको बताइएको छ। केही हप्ता पछि बाँकी नयाँ ६ वटा देशहरूमा यस सेवाको उपलब्ध/थालनी सँगै उक्त संख्या कुल १२ पुगेर दोब्बर हुने भएको छ।

एप्पलको स्याटेलाइट सेवा मार्फत आपतकालीन एसओएसले आकाशको स्पष्ट लाइनसाइट भएको बाहिरी खुला ठाउँमा मात्र काम गर्ने उल्लेख गरिएको छ। साथै रूख वा वरपरका भवनहरू जस्ता अवरोधहरूले यसको कार्य क्षमतालाई असर गर्न सक्ने उल्लेख गरिएको छ।

यसमार्फत योग गरेर पठाइएका सन्देशहरू अन्तरिक्षसम्म पुगेर फिर्ता आउने भएकाले यस सेवाको सन्देशहरू पठाउन धेरै समय लाग्ने बताइउको छ।

प्रकाशित: २५ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार