Technology Khabar २४ फाल्गुन २०७९, बुधबार
काठमाडौं ।
एप्पलले हरेक वर्षको ठीक यही समयमा आफ्नो आईफोनको लागि नयाँ रङ्गको घोषणा गर्ने गरेको छ। एप्पलले गत वर्ष म्युटेड ग्रीन र त्यो भन्दा अघिल्लो वर्ष बैजनी (पर्पल) रङ्गमा फोनहरु सार्वजनीक गरेको थियो। त्यसैलाई पछ्याउँदै एप्पलले यस वर्ष आईफोन १४ र आईफोन १४ प्लसको लागि भीभीड नयाँ पहेंलो रङ्गको घोषणा गरेको छ।
नयाँ मोडलको ग्लास ब्याक प्यानलमा इन्टेन्स्ली ब्राइट एल्लो (तीव्र रूपमा उज्यालो पहेंलो) फिचर गरिएको छ। यस वर्षको नयाँ पहेंलो रङ्ग आईफोन ११ को पेल एल्लो (फिक्का पहेंलो) र आईफोन एक्सआरको डिप एल्लो (गहिरो पहेंलो) बीचको भएको उल्ले गरिएको छ। साथै यस नयाँ मोडलको एल्युमिनियम फ्रेम आईफोन एक्सआरको जस्तो पेल एल्लो (सुन जस्तो फिक्का पहेंलो) नभएर आईफोन ११ भेरियन्टको जस्तै ब्राइट एल्लो गोल्ड (सुनको उज्यालो पहेंलो) रंगमा रहेको बताइएको छ।
गत वर्षको विपरीत, यप वर्ष भने नयाँ रङ्ग प्रो मोडेलहरूमा प्रदान नगरिने उल्लेख गरिएको। यसको सट्टा, यस नयाँ रङ्गलाई एप्पलको स्ट्यान्डर्ड आईफोन १४ र आईफोन १४ प्लस मोडेलहरूको हाल अवस्थित पाँचवटा रङ्गहरू मिडनाइट, स्टारलाइट, (प्रोडक्ट) रेड (रातो), ब्लू (नीलो) र पर्पल (बैजनी)मा समावेश गरिएको छ।
साथै नयाँ रंग बाहेक, यस मोडेल र बाँकी मोडेलहरु बीच कुनै प्राविधिक भिन्नताहरू नभएको बताइएको छ।
त्यसैगरी एप्पलले सिलिकन केसहरूको रेञ्जको लागि भनेर चारओटै आईफोन १४ मोडेलहरूको लागि चार नयाँ रङ्गहरूको घोषणा गरेको छ। यस अन्तर्गत क्यानरी एल्लो (पहेंलो), ओलिभ, स्काई र आइरिस समावेश रहेको बताइएको छ। साथै यी प्रत्येकको खुद्रा मूल्य ४९ अमेरिकी डलर पर्ने उल्लेख गरिएको छ।
आगामी मार्च १० मा स्थानीय समयअनुसार बिहान ५ बजेदेखि पहेंलो रङ्गको आईफोन १४ र आईफोन १४ प्लस प्रि–अर्डरको लागि उपलब्ध हुने बताइएको छ। साथै नयाँ केस रङहरू भने आजैदेखि अर्डर गर्नको लागि उपलब्ध भएको जीएसएमएरिनामा उल्लेख छ।
प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार