
काठमाडौं ।
चीनले सन् २०२३ को अन्त्यसम्ममा २९ लाखभन्दा बढी फाइभजी बेस स्टेशनहरू निर्माण गरिसकेको हुने उद्योग तथा सूचना प्रविधि मन्त्री जिन झुआङलोङले आइतबार बताएका छन्।
देशले यस वर्ष करिब ६ लाख स्टेसनहरू थप्ने तथा ग्रामीण क्षेत्र र औद्योगिक पार्कहरूमा फाइभजी सेवाहरूको कभरेज विस्तार गर्ने योजना बनाएको छ, जिनले जारी “दुई सत्र” को अवसरमा पत्रकारहरुसँगको कुराकानीमा जानकारी दिएको शिन्ह्वाले रिपोर्ट गरेको छ।
चीनमा अहिले २३ लाख ४० हजार ५जी बेस स्टेशनहरू छन्, र फाइभजी सेलफोन प्रयोगकर्ताहरूको संख्या ५७ करोड ५० लाख नाघेको छ। जिनका अनुसार, फाइभजी प्रविधिहरू मुख्य रूपमा खानी, विद्युत आपूर्ति, र ठूला जेटलाइनरहरूको निर्माण जस्ता क्षेत्रहरूमा अर्थतन्त्रमा व्यापकरूपमा लागू गरिएको छ।
जिनले १४ औं पञ्चवर्षीय योजना अवधि (२०२१-२०२५) मा १० हजार भन्दा बढी ५जी कारखानाहरू निर्माण गर्ने योजनाको साथ विशेष गरी उत्पादनमा ५जीको औद्योगिक प्रयोगलाई प्रवर्द्धन गर्न प्रयास गरिने बताए।
‘चीनको सुपर-लार्ज बजार र पूर्ण विकसित औद्योगिक प्रणालीका फाइदाहरूलाई चित्रण गर्दै सिक्सजीको अनुसन्धान र विकासलाई पनि तीव्रता दिइनेछ,’ जिनले भने।
“दुई सत्र” ले राष्ट्रिय जन कांग्रेस र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको वार्षिक बैठकलाई जनाउँछ।
प्रकाशित: २२ फाल्गुन २०७९, सोमबार