क्वालकमको स्न्यापड्रागन ८ जेन ३ चिपसेटले एप्पलको १७ बायोनिक भन्दा उत्कृष्ट प्रदर्शन गर्ने

  • Technology Khabar | २३ फाल्गुन २०७९, मंगलवार
क्वालकमको स्न्यापड्रागन ८ जेन ३ चिपसेटले एप्पलको १७ बायोनिक भन्दा उत्कृष्ट प्रदर्शन गर्ने

काठमाडौं ।

क्वालकमले मिड–साइकल रिफ्रेसको रूपमा स्न्यापड्रागन ८ प्लस जेन २ को रिलीजलाई छोड्दै त्यसको सट्टामा नेक्स्ट जेन स्न्यापड्रागन ८ जेन ३ को विकासमा ध्यान केन्द्रित गरिरहेको बताइएको छ। नयाँ चिपसेटले आफ्नो पूर्ववर्ती स्न्यापड्रागन ८ जेन २ को १ प्लस ४ प्लस ३ कोर कन्फिगरेसन कायम गर्ने र यसमा ३.७०गीगाहर्ज सम्म क्लक गर्न सकिने नयाँ कोरटेक्स–एक्स४ प्राइम कोर फिचर गरिने आरजीक्लाउडएसले लीक गरेको बताइएको छ। साथै यसले गर्दा पूर्ववर्ती स्न्यापड्रागन ८ जेन २ को कोरटेक्स–एक्स३ भन्दा १५ प्रशिसतले क्लक स्पिड बढ्ने उल्लेख गरिएको छ।

स्न्यापड्रागन ८ जेन ३ चिपसेट टीएसएमसीको एन४पी ४एनएम नोडमा निर्माण हुने अपेक्षा गरिएको छ। एप्पल को ए१७ बायोनिक यस वर्ष ३एनएम प्रक्रियामा निर्माण हुने एक मात्र फ्ल्यागशिप चिपसेट हुने बताइएको छ। साथै क्वालकमले अर्को वर्ष स्न्यापड्रागन ८ जेन ४ को क्याचअप गर्ने अपेक्षा गरिएको छ।

क्वालकमले भने स्न्यापड्रागन ८ जेन ३ को बारेमा कुनै विवरण पुष्टि नगरेको बताइएको छ। यद्यपि ए१७ बायोनिकले इफिसेन्सी एडभान्टेज कायम राख्ने अपेक्षा गरिए तापनि सिङगल–कोर पर्फमेन्समा नयाँ चिपसेटले ए१७ बायोनिकलाई उछिन्न सक्ने अफवाहहरू रहेको उल्लेख छ। ग्यालेक्सीको स्न्यापड्रागन ८ जेन ३ एप्पलको ए१७ बायोनिक भन्दा राम्रो प्रदर्शन गर्न योग्य रहेको भनी उल्लेख गरिए तापनि यसले रियल– वर्ल्ड युजेस प्रयोगमा कसरी प्रदर्शन गर्छ भनी हेर्न भने बाँकी नै रहेको बताइएको छ।

स्न्यापड्रागन ८ जेन ३ मा कोरटेक्स–ए७१५ र नयाँ कोरटेक्स– ए५१५ कोरहरु फिचर हुने अपेक्षा गरिएको छ। तर उक्त कोरहरूको क्लक स्पिड भने हालको अवस्थामा अज्ञात नै रहेको बताइएको छ। कोरटेक्स–एक्स४ प्राइम कोरको उच्च क्लक स्पिडका कारणले बिजुली खपतमा हुने सम्भावित वृद्धिले ब्याट्री लाइफ र तापमानलाई असर गर्न सक्ने बताइएको छ। साथै क्वालकमले यसलाई कसरी सम्बोधन गर्ने छ भनी हेर्न भने बाँकी नै रहेको छ।

स्न्यापड्रागन ८ जेन २ ले पहिले नै आफ्नो पूर्ववर्ती भन्दा महत्त्वपूर्ण सुधारहरू हासिल गरेको हुनाले स्न्यापड्रागन ८ जेन ३ पनि त्यहि आधारमा निर्माण हुने अपेक्षा गरिएको छ। यद्पी यो चिपसेट अझै पनि प्रारम्भिक दिनहरू रहेको हुनाले स्न्यापड्रागन ८ जेन ३ अन्ततः रिलिज हुँदा चिपसेटले कसरी प्रदर्शन गर्छ भनेर हेर्न भने रोचक हुने गीज्मोचाइनामा उल्लेख गरिएको छ।

प्रकाशित: २३ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार