प्रदेशस्तरीय क्यान इन्फोटेक हुने, पब्जी गेमको प्रतिस्पर्धा समेत गराईने

  • Technology Khabar | १८ फाल्गुन २०७९, बिहीबार
प्रदेशस्तरीय क्यान इन्फोटेक हुने, पब्जी गेमको प्रतिस्पर्धा समेत गराईने

काठमाडौं ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) मकवानपुरको आयोजनामा हेटौंडामा बागमती प्रदेशस्तरीय क्यान इन्फोटेक २०२३ हुने भएको छ। आगामी चैत २ देखि ६ गतेसम्म हुने प्रदेशस्तरीय सूचना प्रबिधि मेलामा ४० वटा स्टल रहने आयोजकले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी जनाएको छ।

महासंघका बागमती प्रदेश अध्यक्ष एवं सूचना प्रविधि मेला तयारी समितिका संजोजक पुष्पराज पुडासैनीले मेलामा सूचना प्रविधि क्षेत्रका नवप्रवर्तकहरूलाई प्राथमिकता दिइने बताउँदै सूचना प्रविधिका क्षेत्रमा विकास भएको नयाँ-नयाँ प्रविधि प्रदर्शनी गर्ने लक्ष्य रहेको जानकारी दिए।

मेलामा कम्प्युटर तथा यसका हार्डवेयर प्रिन्टर, सफ्टवेयर, सर्भिसिङ क्याम्प, एप्लिकेसन डिजाइनलगायत बिक्री कक्ष रहने भन्दै उनले कृषिमा डिजिटलाइजेसनको प्रयोग, नेटवर्किङ, सीसीटीभी तालिमसँगै साइबर सुरक्षासम्बन्धी गोष्ठी सञ्चालन गरिने बताए।

मेलामा पछिल्लो समय लोकप्रिय बन्दै गएको पब्जी गेम र रोबोट प्रतियोगितासमेत हुने भएको छ। पब्जी गेम र रोबोट प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...