
काठमाडौं ।
शाओमीसँग पहिले नै यसको पोर्टफोलियोमा धेरै इलेक्ट्रिक स्कुटरहरू छन्। अब, कम्पनीले बार्सिलोना, स्पेनमा चलिरहेको मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लुसी २०२३) मा आफ्नो नवीनतम इलेक्ट्रिक स्कुटर शाओमी इलेक्ट्रिक स्कूटर ४ अल्ट्रा लन्च गरेको छ।
कम्पनीले युरोपमा आफ्ना केही इलेक्ट्रिक स्कुटरहरू बेचिसकेको छ र अहिलेको तीमध्ये सबैभन्दा महँगो ई-स्कुटर हुनेछ। नवीनतम इलेक्ट्रिक स्कूटर ४ अल्ट्रा ई-स्कुटरमा पन्चर-प्रुफ र सेल्फ-सिलिङ टायरहरू छन्। ई-स्कुटरले एक पटक चार्जमा ७० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ।
शाओमी इलेक्ट्रिक स्कूटर ४ अल्ट्राको मूल्य युरोपमा ९९९ यूरो राखिएको छ र कम्पनीले यसलाई आफ्नो आधिकारिक शाओमी अनलाइन र अफलाइन च्यानलहरू मार्फत बेच्नेछ।
शाओमी इलेक्ट्रिक स्कुटर ४ अल्ट्राको सुविधाहरू र विशिष्टताहरूको बारेमा कुरा गर्दा, कम्पनीले आरामदायी सवारी अनुभवको लागि डुअल सस्पेन्सन प्रणाली दिएको छ। कच्ची सडकमा पनि सहज सवारी चलाउन यो प्रणाली तयार गरिएको कम्पनीले जनाएको छ।
शाओमी ई-स्कुटरमा पन्चर-प्रुफ र सेल्फ-सिलिङ १० इन्चको शाओमी ड्यूराजेल टायरहरू राखिएको छ। यसले टायर फुट्ने जोखिम कम गर्ने र सवारी चालकलाई अधिकतम सुरक्षाको अनुभूति गराउने कम्पनीको भनाइ छ।
शाओमी इलेक्ट्रिक स्कूटर ४ अल्ट्राको टप स्पीड १५ किमी प्रतिघण्टा छ। ई–स्कुटरले २५ प्रतिशत उचाइ सजिलै चढ्न सक्ने कम्पनीको दाबी छ। यसमा शक्तिशाली ९४० वाटको मोटर उपलब्ध छ। ब्याट्री प्याकको खास स्पेसिफिकेशन भने खुलाइएको छैन तर एकै पटक चार्जमा ७० किलोमिटरको राइडिङ रेन्ज प्रदान गर्न सक्ने कम्पनीको दाबी छ।
शाओमी इलेक्ट्रिक स्कूटर ४ अल्ट्रा हल्का, बलियो एल्युमिनियम बडीको साथ आउँछ। यसले अधिकतम १२० किलोग्राम वजन उठाउन सक्छ। यसमा उभिनको लागि फराकिलो फ्ल्याटबोर्ड छ। यो आईपी५५ रेटिंगका साथमा आउँछ।
प्रकाशित: १७ फाल्गुन २०७९, बुधबार