अब मिडरेन्ज र हाइरेन्जका एन्ड्रोइड फोनमा पनि स्याटेलाइट कनेक्सन आउने

  • Technology Khabar | १७ फाल्गुन २०७९, बुधबार
अब मिडरेन्ज र हाइरेन्जका एन्ड्रोइड फोनमा पनि स्याटेलाइट कनेक्सन आउने

काठमाडौं ।

क्वालकमले स्न्यापड्रागन स्याटेलाइट सेवा मध्यम र उच्च-स्तरीय फोनहरूमा ल्याउन विभिन्न ब्राण्डहरुसँग सम्झौता गरेको छ।

क्वालकम टेक्नोलोजीजले मोबाइल वर्ल्ड कंग्रेसमा भर्खरै अनावरण गरिएको स्न्यापड्रागन स्याटेलाइट प्लेटफर्मसँग सुसज्जित एन्ड्रोइड उपकरणहरू लन्च गर्नका लागि धेरै अग्रणी स्मार्टफोन निर्माताहरूसँग सम्झौता गरेको घोषणा गरेको छ।

यो सम्झौताको अर्थ अनर, मोटोरोला, नथिङ्ग, ओप्पो, भिभो र शाओमीका नेक्स्ट जेनरेशन ह्यान्डसेटहरू छिट्टै स्याटेलाइटमा आधारित दुईतर्फी सन्देशको साथ उपलब्ध हुने क्वालकमले बताएको छ।

यद्यपि, फोन निर्माताहरूले यी सुविधाहरू कुन उपकरणहरूमा पहिलो हुने र कम्पनीहरूले कहिले लन्च गर्नेछन् भन्ने विवरणहरू प्रदान गरेका छैनन्।

क्वालकमले गत महिना कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा भूउपग्रह सेवा प्रदायक इरिडियमसँगको साझेदारीमा आफ्नो स्न्यापड्रागन स्याटेलाइट प्रविधिको अनावरण गरेको थियो। यो सलुसन प्रयोग गरेर, स्मार्टफोनहरूमा आपतकालीन अवस्थामा स्याटेलाइटहरू प्रयोग गरेर दुई-तर्फी टेक्स्टिङ र अन्य मेसेजिङ्ग एपहरू इनेबल हुन सक्छ।

चिपमेकरले स्न्यापड्रागन स्याटेलाइट आगामी आरएफ मोडेमहरू र स्मार्टफोनका लागि ८ र ४ श्रृंखलाका प्रोसेसरहरूको बहु मोडेलहरूमा उपलब्ध हुने बताएको छ।

“स्न्यापड्रागन स्याटेलाइटलाई अर्को पुस्ताका यन्त्रहरूमा समावेश गरेर, हाम्रा साझेदारहरूले परिपक्व र व्यावसायिक रूपमा उपलब्ध ग्लोबल लियो कन्स्टलेसनलमा आधारित स्याटेलाइट सन्देश क्षमताहरू प्रदान गर्न सक्षम हुनेछन्, जसले विश्वभरका ग्राहकहरूलाई आपतकालीन सेवा प्रदायकहरूसँग घर बाहिर कुराकानी गर्न अनुमति दिन्छ,” उत्पादन व्यवस्थापनका लागि क्वालकम उपाध्यक्ष, फ्रान्सेस्को ग्रिलीले एक विज्ञप्तिमा भने।

गत वर्ष, एप्पलले आईफोन १४ सिरिजका साथ स्याटेलाइटमा आधारित आपतकालीन संचार सुविधाहरू प्रस्तुत गर्यो। यो पहिले अमेरिका र क्यानडामा र त्यसपछि फ्रान्स, जर्मनी, आयरल्याण्ड र बेलायतमा ग्लोबस्टारको भूउपग्रह नेटवर्क मार्फत उपलब्ध छ। गत हप्ता, सामसङले पनि भविष्यको स्मार्टफोनमा इम्बेड गर्ने वाचाको साथ आफ्नै स्याटेलाइट प्रविधिको घोषणा गरेको थियो।

प्रकाशित: १७ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार