रेडमी ३०० वाटको फास्ट चार्जिङले फोनको ब्याट्री ५ मिनेटमै पूरै चार्ज गर्ने

  • Technology Khabar | १६ फाल्गुन २०७९, मंगलवार
रेडमी ३०० वाटको फास्ट चार्जिङले फोनको ब्याट्री ५ मिनेटमै पूरै चार्ज गर्ने

काठमाडौं ।

रेडमीले २०० वाट थ्रेसहोल्ड पार गर्ने पहिलो ब्रान्ड भएको चार महिनापछि ३०० वाटको फास्ट–चार्जिङ प्रविधिको घोषणा गरेको छ। शाओमीको सहायक कम्पनीले फोनलाई अब पाँच मिनेट भित्रमा नै शून्य देखि शत प्रतिशतसम्म चार्ज गर्न सकिने खुलासा गरेको छ। साथै उक्त टेक्नोलोजीको बरेमा थप विवरणहरू बताउँदै कम्पनीले भिडियो पनि सार्वजनिक गरेको गरेको छ।

ब्रान्डले परिमार्जित (मोडिफाईड) रेडमी नोट १२ डिस्कभरी स्मार्टफोनको ४,१०० एमएएच ब्याट्रीलाई (मूल संस्करणमा डुअल ४,३०० एमएएच सेल समावेश) नियन्त्रित वातावरणमा यसको लागि प्रयोग गरेको जीएसएमएरिनामा उल्लेख छ। साथै डिभाइसलाई ५० प्रतिशतसम्म पुग्न २ मिनेट ११ सेकेन्ड लागेको र पाँच मिनेटमा नै ब्याट्री १०० प्रतिशतमा पुगेको थप बताइएको छ।

भिडियो सिधै रेडमीको वेइबो एकाउन्टबाट आएको भए तापनि दावी गरिए अनुसारको चार्जिङ्ग ३०० वाट भन्दा कम रहेको उल्लेख गरिएको छ। कम शक्तिशाली (तर अझै पनि प्रभावशाली) चार्जरेटहरूमा फर्कनु अघि स्मार्टफोन लगभग तीन सेकेन्डमा २९० वाट पुग्ने र सैद्धान्तिक अधिकतमको रुपमा मात्रै चार्जर र ब्याट्री ३०० वाट पुग्ने उल्लेख गरिएको छ। साथै सुरक्षा कारणहरूका लागि डिभाइस क्यापिङ आउट भएको बताइएको छ।

एडप्टर आफैंमा डबल जीएएन टेक्नोलोजीको साथ आउने र सानो आकार कायम राखिए तापनि त्यसमा “५० भन्दा बढी सेफ्टी प्रोटेक्सन” रहेको रेडमीले बताएको छ। खुला बजारमा उक्त टेक्नोलोजी समावेश भएको वास्तविक स्मार्टफोन कहिले सम्ममा आउनेछ भन्ने बारेमा शाओमीले उल्लेख गरेको छैन्।

प्रकाशित: १६ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

मनास्लु क्षेत्रमा ड्रोनमार्फत निगरानी

  • Technology Khabar
  • १६ फाल्गुन २०७९, मंगलवार