Technology Khabar २७ श्रावण २०७४, शुक्रबार
काठमाडौं ।
काठमाडौं, २७ साउन । सर्वोच्च अदातलले अब मोबाइलबाटै आफ्ना विभिन्न गतिबिधिहरुको जानकारी दिने भएको छ । सर्वोच्चले बिहिबारदेखि मुद्धा र त्यससँग सम्बन्धित विषयहरुको बारेमा सेवाग्राहीलाई जानकारी दिने र सेवा सहज बनाउने उद्धेश्यका साथ सर्वोच्च अदालत मोबाइल एप्स शुरु गरेको छ ।
सर्वोच्चले सेवाग्राहीलाई न्यायमा सहज पहुँच पुर्याउने उद्देश्यले आजदेखि ‘सुप्रिम कोर्ट अफ नेपाल’ नामक मोबाइल एप शुरु गरेको हो।
अदालतमा बिहिवार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश गोपाल पराजुलीले मोबाइल एपको प्रयोग गरेर शुभारम्भ गर्दै ‘स्मार्ट जस्टिस’ को अवधारणान्तर्गत मोबाइल एप ल्याइएको बताए । उनले प्रविधिको प्रयोगले अदालत र सेवाग्राही दुवैलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
न्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा, न्यायाधीश अनिल सिन्हाले मोबाइल एप तयार गरेको जानकारी दिइयो ।
मोबाइल एपमा मुख्य सेवा, सूचना तथा मुद्दाको दैनिक, साप्ताहिक र स्थगित पेसी, आदेश, फैसलालगायत हेर्न सकिनेछ । सर्वोच्च अदालतले एपको प्रयोगको अध्ययनपछि उच्च र जिल्ला अदालतमा पनि एप लागु गर्ने योजना बनाएको जानकारी दिएको छ ।
‘सुप्रिम कोर्ट अफ नेपाल’ नामक मोबाइल एप हाल एन्ड्रोयड प्लेटफर्ममा मात्र उपलब्ध छ ।
याे डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रकाशित: २७ श्रावण २०७४, शुक्रबार