१२ लाख स्मार्ट लाइसेन्स छाप्न ठेक्का सम्झौता

  • Technology Khabar | ११ फाल्गुन २०७९, बिहीबार
१२ लाख स्मार्ट लाइसेन्स छाप्न ठेक्का सम्झौता

काठमाडौं ।

सरकारले १२ लाख ओटा स्मार्ट लाइसेन्सको कार्ड आपूर्तिका लागि ठेक्का सम्झौता गरेको छ।

यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सको कार्ड आपूर्तिका लागि ठेक्का पाएको कम्पनीसँग यहि बुधबार सम्झौता गरेको हो।

जर्मनीको मचल्बर आईडी सर्भिसले १४ लाख ९८ हजार ८० डलर (करिब १९ करोड ८५ लाख रुपैयाँ) को ठेक्का पाएको हो । ८ लाख ६१ हजार लाइसेन्स छाप्न बाँकी रहँदा विभागमा अहिले साढे ३ लाख मात्रै बार्ड बाँकी छन्।

टेण्डरमार्फत उक्त कम्पनीले ठेक्का हात पारेको थियो

समयमै कार्ड आपूर्ति नहुँदा स्मार्ट लाइसेन्स छपाइ प्रभावित हुने भएपछि थप कार्ड आपूर्तिका लागि बुधबार ठेक्का सम्झौता भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ।

प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल क्रोम झन स्मार्ट बन्दै

  • Technology Khabar
  • ११ फाल्गुन २०७९, बिहीबार