सामसङ ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ को स्टोरेज विवरण बाहिरियो

  • Technology Khabar | १२ फाल्गुन २०७९, शुक्रबार
सामसङ ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ को स्टोरेज विवरण बाहिरियो

काठमाडौं ।

सामसङले यस महिनाको सुरुमा ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३+ र ग्यालेक्सी एस२३ अल्ट्रा समावेश रहेको ग्यालेक्सी एस२३ श्रृंखला अनावरण गरेको थियो। अब फेरी कम्पनी नयाँ फोल्डेबल फोन लन्च गर्ने योजनामा रहेको छ।

साममोबाइलको एक रिपोर्टले आगामी ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ को भण्डारण विकल्पहरू क्रमशः एस२३ र एस२३ अल्ट्राको जस्तै हुने भनी दाबी गरेको छ।

ग्यालेक्सी जेड फोल्ड५ मा २५६जीबी, ५१२जीबी र १टीबी भण्डारण भेरियन्टहरू रहने उललेख गरिएको छ। त्यसैगरी ग्यालेक्सी जेड फ्लिप५ मा १२८जीबी, २५६जीबी र ५१२जीबी विकल्पहरू रहने बताइएको छ। साथै १२८जीबी मोडलमा यूएफएस ४.० चिपको सट्टा यूएफएस ३.१ चिप प्रयोग गरिने छ। गत वर्षको जेड फोल्ड४ र जेड फ्लिप४ हरुमा पनि समान भण्डारण विकल्पहरू भएकाले यसमा अचम्म हुनू पर्न केही नभएकोे थप उल्लेख गरिएको छ।

ग्यालेक्सी जेड फोल्ड५ र ग्यालेक्सी जेड फ्लिप५ को आधिकारिक अनावरणमा अझै पनि केही महिना लाग्ने उल्लेख छ। यद्यपी दुबै फोल्डेबल स्मार्टफोनहरूको बारेमा केही जानकारीहरू आएका छन्।

ग्यालेक्सी जेड फोल्ड५ को डिस्प्ले क्रिज लुकाउनको लागि नयाँ हिन्ज डिजाइनको साथ आउने तर यसमा एस पेन स्लट नहुने बताइएको छ। ग्यालेक्सी जेड फ्लिप५ को कभर डिस्प्ले ओप्पो फाइन्ड एन२ फ्लिप को ३.२६ इन्च भन्दा ठूलो बाह्य स्त्रिन फिचर गरिने चर्चा रहेको बताइएको छ।

प्रकाशित: १२ फाल्गुन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...