
काठमाडौं ।
विद्युतीय रिक्सा चालक मजदुर संघले धनगढीमा विद्युतीय रिक्सा व्यवस्थापन गर्न माग गरेको छ।
धनगढी बजारमा अव्यवस्थित तरिकाले विद्युतीय रिक्सा सञ्चालन भइरहेकाले त्यसलाई व्यवस्थापन गर्न आवश्यक रहेको संघका अध्यक्ष मीनराज जोशीले बताए। कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई सघले विद्युतीय रिक्सा व्यवस्थापनको माग गर्दै मगलबार जापनपत्र बुझाएको हो।
अध्यक्ष जोशीले धनगढी उपमहानगरपालिकाले विद्युतीय रिक्सा व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरे। उनले लेखपढ गर्न नजान्ने मजदुरलाई चालक अनुमतिपत्र लिनका लागि दर्ता प्रक्रियामै समस्या भइरहेको भन्दै त्यसको निकास निकाल्न आग्रह गरे।
यसैगरी ट्राफिक प्रहरीले अटो रिक्सालाई ठूला सवारीसाधन सरह जरिवाना गर्ने गरेको गुनासो गर्दै समस्या समाधानका लागि पहल गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे। गोरखापत्रबाट
प्रकाशित: १० फाल्गुन २०७९, बुधबार