सामसङ एस ८ र एस ८ प्लस किन्दा ८ वटा फाइदा, ७ हजार रुपैयाँको क्यासब्याक अफर साथमा

Technology Khabar १९ श्रावण २०७४, बिहीबार

काठमाडौं ।

काठमाडौं, १९ साउन । सामसङ इलेक्ट्रोनिक्सले ‘अनबक्स ८ बेनिफिट’ नामक नयाँ प्रबद्र्धनात्मक अभियान शुरु गरेको छ । कम्पनीले प्रिमियम फ्ल्यागशिप एस ८ र एस ८ प्लसका लागि नयाँ अभियान शुरु गरेको हो ।

ग्यालेक्सी एस ८ सार्वजनिक भएको करिब ८ औं महिनामा कम्पनीले सो प्रिमियम फ्ल्यागशिप किन्दा पाईने ८ वटा फाईदाको बारेमा जानकारी प्रदान गर्नेछ ।

कम्पनीले दिएको ८ वटा फाईदामध्ये एस ८ प्लसको लागि अर्किड ग्रे कलर भेरियन्ट र एस ८ का लागि कोरल ब्लू कलर भेरिएन्टको घोषणा, ७ हजार रुपैयाँको क्यासब्याक, फोन टुटफुट भएमा ब्रेकेज इन्स्योरेन्स, आठ महिनाको लागि एनसेलको डाटा प्याक, वायरलेस चार्जर खरिदमा ५० प्रतिशतको डिस्काउन्ट, फोरजी एसएमएस अभियान, स्मार्ट एकेडेमी तथा एस ८ का प्रयोगकर्ताहरुका लागि सर्भिस सेन्टरमा भीआइपी पहुँच प्रदान गरिएको छ ।

यस्ता छन फाइदाहरु –

ग्यालेक्सी एस ८ प्लसमा यसअघि मिडनाइन ब्ल्याक, म्यापल गोल्ड, कोरल ब्लू र ग्यालेक्सी एस ८ मा मिडनाइट ब्ल्याक र म्यापल गोल्ड कलर अप्सन रहेको थियो ।

कम्पनीले दूबै मोडलका फोनहरुमा ७ हजार रुपैयाँको क्यासब्याक दिएको छ, जसमा एस ८ को अफर मुल्य रु ८१ हजार ९ सय रुपैयाँ र एस ८ प्लसको ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सामसङका प्रिमियम फ्ल्यागशिप फोन ग्यालेक्सी एस ८ र एस ८ प्लसमा ब्रेकेज इन्स्योरेन्स रहेको छ । शिखर इन्स्योरेन्सको सहकार्यमा कम्पनीले दुबै फोनमा ६ महिनाको टुटफुट बीमा प्रदान गरेको हो, जसमा सबै किसिमको टुटफुट र भौतिक क्षति समाबेश भएको जानकारी कम्पनीले दिएको छ ।

यसको लागि ग्राहकले सक्कली बिल र परिचयपत्र सामसङ सर्भिस सेन्टरमा दाबी गर्ने समयमा उपलब्ध गराउनुपर्नेछ ।

सामसङका एस ८ र एस ८ प्लस खरिदमा ग्राहकहरुले एनसेलको ८ जीबी डाटा पाउनेछन् । एनसेलको १ जीबी डाटा प्रतिमहिना निशुल्क प्रयोग गर्न पाईनेछ ।

कम्पनीले एस ८ र एस ८ प्लस खरिदमा ग्राहकलाई ५ हजार ८ सय रुपैयाँ मुल्य पर्ने वायरलेस चार्जर ५० प्रतिशत छुटमा उपलब्ध गराउनेछ । यसको लागि सामसङको ब्राण्ड स्टोरमा सम्पर्क गर्नुपर्नेछ । यो अफर स्टक रहुन्जेल वा अगस्त महिनाभरी लागू हुने कम्पनीले जनाएको छ ।

कम्पनीले एस ८ र एस ८ प्लसमा विभिन्न जानकारी मुलक फोरजी एसएमएस अभियानलाई पनि निरन्तरता दिएको छ । जसमा ग्राहकहरुले १ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्मको रिचार्ज जित्न सक्नेछन् ।

त्यसैगरि सामसङको स्मार्ट एकेडेमीमा एस ८ र एस ८ प्लसका प्रयोगकर्ताहरुले एस ८ र एस ८ प्लसको फीचरहरुको बारेमा सम्पूर्ण जानकारीहरु लिन सक्दछन् ।

सामसङले एस ८ का प्रयोगकर्ताहरुका लागि सर्भिस सेन्टरमा भीआइपी पहुँच दिएको छ । यस्तो सुविधा सुन्धारा र कमलादिमा रहेको सर्भिस सेन्टरमा लिन सकिने सामङ इलेक्ट्रोनिक्सले जनाएको छ ।

प्रकाशित: १९ श्रावण २०७४, बिहीबार

तपाइको प्रतिक्रिया