Technology Khabar ९ फाल्गुन २०७९, मंगलवार
काठमाडौं ।
वनप्लसले आफ्नो पहिलो एन्ड्रोइड ट्याब लन्च गरेको छ। यो ट्याब ११ इन्च स्क्रिनको साथ आउँछ जसले १४४ हर्जको रिफ्रेस दरलाई समर्थन गर्दछ। यस प्याडमा, तपाईले पछाडि एकल क्यामरा पाउनुहुनेछ जुन ठीक केन्द्रमा राखिएको छ।
यो प्याडको बारेमा कम्पनीले यसलाई घण्टौंसम्म लगातार प्रयोग गर्दा पनि मानिसहरुले यसलाई समात्न कुनै समस्या नपर्ने र आरामसँग काम गर्न सक्ने दाबी गरेको छ। अर्थात यो लगातार प्रयोग गर्दा पनि अधिक तान्दैन्।
वनप्लस प्याड ब्याट्री
वनप्लस प्याडमा ९,५१० एमएएच ब्याट्री उपलब्ध गराइएको छ र यसलाई ६७ वाट सुपरभोक चार्जिङका साथ प्रस्तुत गरिएको छ। प्याडलाई ६० मिनेटमा १ देखि ९० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
वनप्लस प्याडमा मिडियाटेक डाइमेन्सिटी ९००० चिप प्रोसेसर र १२ जीबी र्याम समर्थित छ। वनप्लस प्याडमा १४४ हर्जको रिफ्रेस रेट, ७:५ एस्पेक्ट रेसियो, र २८०० x २००० पिक्सेल रिजोल्युसनको साथ ११.६१ इन्चको स्क्रिन छ।
वनप्लस प्याडफाइल साझेदारी, मल्टिटास्किङको लागि स्मार्ट सफ्टवेयरको साथ आउँछ। वनप्लसले वनप्लस प्याडमा अडियो प्रणालीको लागि डल्बीसँग साझेदारी गरेको छ। यसमा तपाईले उत्कृष्ट ध्वनिका साथ चार स्पिकरहरू पाउनुहुनेछ।
वनप्लस प्याड सिंगल हेलो ग्रीन कलरमा प्रस्तुत गरिएको छ। वनप्लसले प्याडको मूल्य घोषणा गरेको छैन तर इन्टरनेटमा आएको जानकारीअनुसार यो करिब ४० हजार रुपैयाँमा उपलब्ध हुन सक्छ। नेपाली बजारमा भने अहिलेसम्म यो ट्याब आउने वा नआउने स्पष्ट छैन्।
प्रकाशित: ९ फाल्गुन २०७९, मंगलवार