
काठमाडौं ।
गत डिसेम्बरमा ग्यालेक्सी ए०४ को लागि एन्ड्रोइड १३–बेस्ड वान यूआई ५.० अपडेट स्टेबल रोल आउट गरेको सामसङले अब भेनिला ए०४ मा पनि उक्त वान यूआई ५.० अपग्रेड गर्ने भएको छ।
सामसङ ग्यालेक्सी ए४० को वान इूआई अपडेटमा फर्मवेयर संस्करण ए०४५एफएक्सएक्सयू१बीडब्लूबी१ रहेको र डिसेम्बर २०२२ को एन्ड्रोइड सुरक्षा प्याचको साथ आउने उल्लेख छ। हाल कजाकस्तानमा उक्त अपडेट उपलब्ध भईरहेको र चाँडै नै थप क्षेत्रहरूमा पनि रोलआउट बिस्तार हुने बताइएको छ।
साथै कजाकस्तानमा आफ्नो सामसङ ग्यालेक्सी ए०४ मा उक्त वान यूआई ५.० अपडेट स्मााटफोनको सेटिङ्गमा गएर सफ्टवयर अपडेट मेनु भित्र म्यानुअल्लि पनि गर्न सकिने बताइएको छ।
प्रकाशित: ७ फाल्गुन २०७९, आईतवार