
काठमाडौं ।
क्वालकमले आफ्नो नविनतम स्न्यापड्रागन एक्स७५ र एक्स७२ मोडेमहरु घोषणा गरेको छ। सवारी साधन, पर्सनल कम्प्युटर र इन्डस्ट्रियल इन्टरनेट अफ थिङ्गसका लागि स्न्यापड्रागन एक्स७५ मोडेम र मोबाइल उपकरणहरूको लागि स्न्यापड्रागन एक्स७२ मोडेम क्वालकमले घोषणा गरेको हो।
सान डिएगो कम्पनीले उक्त दुई मोडेमहरुले एडभान्स्ड फाइभजी सपोर्ट गर्न तयार रहेको भन्दै “द नेक्स्ट फेज अफ फाइभजी” भएको बताएको जीएसएमएरीनाले उल्लेख गरेको छ।
उक्त मोडेमहरूमा १०–क्यारियर एग्रीगेसन रहनुका साथै वाई–फाई ७ र फाइभजी दुवैमा १० जीबीपीएस डाउनलिङ्क सपोर्ट गर्ने उल्लेख गरिएको छ।
क्वालकमको छैठौँ–जेन मोडेम–टू–एन्टेना सोलुसनले नयाँ आर्किटेक्चर प्रयोग गरि नयाँ क्यूटीएम५६५ एमएम वेभ एन्टेना मोड्युल ल्याएको बताइएको छ। उक्त नयाँ क्यूटीएम५६५ एमएम वेभ एन्टेना मोड्युलले लागत, बोर्ड कम्प्लेक्ससिटि (जटिलता), हार्डवेयर फुटप्रिन्ट र इनर्जी कन्जम्सम (ऊर्जा खपत) कम गर्नेछ। त्यसैगरी क्वालकम फाइभजी पावरसेभ जेन४ र क्वालकम आरएफ पावर इफिसेन्सी सुट मार्फत ब्याट्री लाईफ पनि थप विस्तार गरिएको बताइएको छ।
साथै नयाँ स्न्यापड्रगन मोडेमहरू भएका व्यावसायिक उपकरणहरू २०२३ को अन्त्यसम्ममा लन्च हुने अपेक्षा गरिएको छ।
प्रकाशित: ५ फाल्गुन २०७९, शुक्रबार