शाओमीका उत्पादनहरु नबिल बैंकको सहकार्यमा शुन्य प्रतिशत इएमआईमा पाईने

  • Technology Khabar | २ फाल्गुन २०७९, मंगलवार
शाओमीका उत्पादनहरु नबिल बैंकको सहकार्यमा शुन्य प्रतिशत इएमआईमा पाईने

काठमाडौं ।

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो उत्पादनहरु शुन्य प्रतिशत इएमआईमा प्रदान गर्ने भएको छ। कम्पनीले नबिल बैंकसँगको सहकार्यमा आफ्ना शाओमी, पोको र रेडमीका स्मार्टफोन, टिभी लगायत ल्यापटपमा इएमआइ सुविधा दिने भएको हो।

अफर लन्चको बारेमा बोल्दै शाओमीका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पन्डाले भने, “हाम्रा उत्पादनहरुलाई अत्यन्तै रुचाउनुहुने हाम्रा मी फ्यानहरुसँग मिलेर हामीले यो वर्षको शुरुवात गर्ने सोचेका छौँ । मीले नेपालमा पहिलो पल्ट यस्तो ०% इएमआइको सुविधा ल्याएको हो। देशलाई अझै डिजीटल्ली कनेक्ट गर्ने उद्धेश्य सहित, बिना कुनै आर्थिक झन्झट बिना लेटेस्ट साओमी, पोको र रेडमी उत्पादनहरु प्रयोग गर्ने उपभोक्ताहरुको चाहनालाई सम्बोधन गर्नको लागि हामीले यो अफर ल्याएका हौँ।”

यो सँगै अब उपभोक्ताहरुले शाओमी, पोको र रेडमीका टिभी, ल्यापटप, लगायत स्मार्टफोनमा शुन्य प्रतिशत इएमआईको सुविधा सँगै आफुलाई डिजिटल्ली अपडेटेड राख्न सक्नेछन।

यो अफर नबिल बैंकको क्रेडिट कार्ड मार्फत खरिद गर्दा ६ महिनासम्मको लागि लागु हुनेछ। त्यस्तै नयाँँ क्रेडिट कार्ड प्रयोगकर्ताहरुको लागि पहिलो वर्षको वार्षिक शुल्क पनि मिनाहा गरिएको जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • २ फाल्गुन २०७९, मंगलवार