
काठमाडौं ।
आर्टिफिसियल इन्टेलिजेन्स एजेन्टले हालै लकहिड मार्टिन भीआईएसटीए एक्स–६२ए तालिम विमानलाई १७ घण्टाभन्दा बढी समयसम्म उडाएको छ। भीआईएसटीए (भ्यारिएबल इन–फ्लाइट सिमुलेशन टेस्ट एयरक्राफ्ट) ले सफ्टवेयर प्रयोग गरी अन्य विमानको पर्फमेन्स क्यारेकटरस्टिक्स (विशेषताहरू) अनुकरण गर्न समक्ष रहेको र यसपटक यसले मानव पाइलटको नक्कल गरेको उल्लेख गरिएको छ।
एआई ले ट्याक्टिकल विमान उडाएको यो पहिलो पटक भएको लकहिड मार्टिनले बताएको छ।
गत डिसेम्बरको परीक्षण अवधिमा उक्त उडान गरिएको बताइएको छ। ट्याक्टिकल (रणनीतिक) विमानमा यसरी एआई संलग्नता रहेको यो पहिलो भएको लकहिडले उल्लेख गरेको छ। प्लेटफर्म प्रयोग गरि स्वायत्त रूपमा उडान गर्ने विमानको डिजाइन परीक्षण गर्ने यसको उद्देश्य रहेको बताइएको छ।
भीआईएसटीएले अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको विकास र परीक्षणलाई चालक दल बिनाको नयाँ गाडीको डिजाइनसँग समानान्तर गर्न अनुमति प्रदान गर्ने यूएस एयर फोर्स टेस्ट पाइलट स्कूल (यूएसएफ टीपीएस) का अनुसन्धानका निर्देशक डा. एम क्रिस्टोफर कोटिङ्गले एक विज्ञप्तिमा बताएका छन्।
लकहिडको स्कंक कार्य विभाजनले काल्सपानसँग काम गरी क्यालिफोर्नियास्थित एडवर्ड्स एयर फोर्स बेसमा यूएसएफ टीपीएसको लागि भीआईएसटीए निर्माण गरेको बताइएको छ। त्यसैगरी भीआईएसटीए कार्यक्रमए फ–३५ लाइटनिङ्ग २ को लागि भर्चुअल हेड–अप डिस्प्ले र भ्वाइस कमाण्ड इनपुट प्रणाली विकास गर्नको लागि प्रयोग गरिएको बताइएको छ।
यूएसएफ टीपीएसले हालै लकहिडको मोडल फ्लोइङ एल्गोरिदम (एमएफए) र स्सिटम फर अटोनोमस कन्ट्रोल अफ द सिमुलेसन (एसएसीएस) सहित भीआईएसटीए एक्स–६२ए को अपग्रेड गरेको छ। एकीकृत गरेको खण्डमा उक्त प्रणालीहरूले भीआईएसटीएलाई स्वायत्तता र एआई प्रयोग गर्ने उन्नत उडान परीक्षणहरू गर्न मद्दत गर्ने जनाएको छ।
प्रकाशित: ३ फाल्गुन २०७९, बुधबार