
काठमाडौं ।
ओप्पोले आफ्नो फोल्डेबल फोन ओप्पो फाइन्ड एन २ फ्लिपलाई फेब्रुअरी १५ मा विश्वव्यापी रूपमा लन्च गर्नेछ। यो फोनले बजारमा सामसङ ग्यालेक्सी जेड फोल्ड ४ लाई कडा चुनौती दिने विश्वास गरिन्छ। ओप्पो फाइन्ड एन २ फ्लिपमा, तपाईंले ६.८ इन्चको प्राइमरी डिस्प्ले पाउनुहुनेछ जुन फुल एचडी प्लस एमोलेड हुनेछ जबकि यसको कभर डिस्प्ले ३.६ इन्चको हुनेछ।
ओप्पो फाइन्ड एन २ फ्लिपको स्पेसिफिकेशन्स चीनमा रिलिज भएको मोडल जस्तै हुनेछ। यो स्मार्टफोन एन्ड्रोइड १३ मा आधारित हुनेछ, जसमा तपाईंले ६.८ इन्चको प्राइमरी डिस्प्ले पाउनुहुनेछ जसले १२० हर्ट्जको रिफ्रेस रेटलाई समर्थन गर्नेछ। यसको साथमा तपाईले ३.६८ इन्चको कभर डिस्प्ले पाउनुहुनेछ जसले ९० हर्जको रिफ्रेस रेटलाई सपोर्ट गर्नेछ।
यो फोल्ड गर्न मिल्ने फोन मिडियाटेक डाइमेन्सिटी ९०० प्लस प्रोसेसर र १६ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज विकल्पको साथ आउन सक्छ।
क्यामराको सन्दर्भमा, तपाईंले पछाडिको भागमा डुअल क्यामरा सेटअप पाउनुहुनेछ, जसमा ५० मेगापिक्सेलको मुख्य क्यामरा र ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामरा हुनेछ, जबकि सेल्फी र भिडियो कल गर्नका लागि अगाडि ३२ मेगापिक्सेलको क्यामरा उपलब्ध हुनेछ।
तपाईंले ओप्पो फाइन्ड एन २ फ्लिप स्मार्टफोनमा ४३०० एमएएच ब्याट्री पाउनुहुनेछ जसले ४४ वाटको फास्ट चार्जिङलाई सपोर्ट गर्दछ।
ओप्पो फाइन्ड एन२ फ्लिपको भेरियन्टको बजार मूल्य करिब १ लाख ७० हजार रुपैयाँ हाराहारी हुन सक्छ। तपाईले एस्ट्रल ब्ल्याक र मून लाइट पर्पल कलरमा फोन किन्न सक्नुहुनेछ।
यो फोन संभवत नेपाली बजारमा भने आउनेछैन्। ओप्पोका फाइन्ड सिरिजका कुनैपनि फोनहरु यहाँ आएका छैनन् त्यसैले यो फोन पनि नेपाली बजारमा आउने संभावना शुन्य छ। तर सामसङ ग्यालेक्सी जेड फोल्ड ४ सहितका ग्यालेक्सी फोल्डेबल फोनहरु भने सजिलै उपलब्ध रहेका छन्।
प्रकाशित: २ फाल्गुन २०७९, मंगलवार