आईफोन १५ सिरिजमा यूएसबी-टाइप सी का साथै डुअल पोर्टको सम्भावना

  • Technology Khabar | १ फाल्गुन २०७९, सोमबार
आईफोन १५ सिरिजमा यूएसबी-टाइप सी का साथै डुअल पोर्टको सम्भावना

काठमाडौं ।

ईयू अन्तर्गतको नयाँ कानूनले अब देखि सबै मोबाइल फोनहरुमा एकै वा समान किसिमको चार्जिङ प्रणाली (स्सिटम) अर्थात टाइप–सी पोर्ट समावेश गरिनूपर्ने नियमको लागू गरेको छ।

प्राय ब्रान्डहरूमा पहिले देखि नै टाइप–सी चार्जिङ पोर्ट समावेश हुने भएकाले तिनीहरुका लागि उक्त विषय जटिल नभएको उल्लेख गरिएको छ।

यद्यपि, ईयूको यस नयाँ कानूनले भने एप्पललाई सबैभन्दा प्रभाव पर्ने उल्लेख गरिएको छ। कम्पनीले नयाँ यूएसबी टाइप–सी इन्टरफेसका लागि आफ्नो लाइटनिङ पोर्ट छोड्नु नपरे तापनि प्रायले सोचेको जस्तो सीधा अवस्था भने नभएको बताइएको छ। यद्यपि टाइप–सी पोर्टको बारे विचार गर्नका लागि एप्पलसँग केहि विकल्पहरू रहेको उल्लेख गरिएको छ। भविष्यका आईफोनहरुले वायरलेस चार्जिङलाई मात्र (समर्थन) सपोर्ट गर्ने रपोर्टहरूमा उल्लेख गरिएको बताइएको छ। साथै प्रयोगकर्ताहरूले आईफोन १५ सिरिजमा कुनै (जुन पायो त्यही) पनि यूएसबी टाइप–सी केबल प्रयोग गर्न नसक्ने रिपोर्टहरूमा थप उल्लेख गरिएको बताइएको छ।

ईन्जिनियरहरूले सफलतापूर्वक आईफोनको लाइटनिङ इन्टरफेसलाई यूएसबी टाइप–सी इन्टरफेसमा परिवर्तन गरेको देखा परिसकेको छ। यहँ सिलसिलामा अब भने आईफोनहरुमा डुअल–पोर्टका अर्को विचारहरु आईरहेको बताइएको छ। इन्जिनियरले (त्यती सरल नभए तापनि) पुरानो लाइटनिङ इन्टरफेसको साथ–साथै यूएसबी टाइप–सी इन्टरफेस पनि थपेको देखा गरेको उल्लेख गरिएको छ।

डुअल पोर्ट सहितको आईफोन
युट्युब ब्लगर हेफाइस्टोस३६७२ ले आईफोन १२ मिनि मा लाइटनिङ पोर्टको छेउमा यूएसबी टाइप–सी पोर्ट समावेश गरेका छन्। उनी डुअल पोर्ट सहितको आईफोन बनाउन सफल भएको बताइएको छ। यसका लागि ईन्जिनियरले आईफोनलाई पूर्ण रुपमा टियर डाउन गरि फोनको तल वा मुनि प्वाल बनाएर नयाँ यूएसबी टाइप–सी पोर्ट समावेश गरेको उल्लेख गरिएको छ। उक्त नयाँ कनेक्सनले (जडान) मोबाइल फोनको अवस्थित हार्डवेयरसँग लिङ्क गर्ने उल्लेख गरिएको छ।

ईन्जिनियर/ब्लगरले सफल रुपमा आईफोन १२ मिनिलाई पूर्ण कार्यात्मक (फङ्सनल) यूएसबी टाइप–सी पोर्ट समावेश गरेको र उक्त आईफोन आईटियून्समा जडान पनि भएको उल्लेख गरिएको छ। यद्यपि यस सिर्जना एप्पलको आधिकारिक कार्य भने नभएको र त्यसै कारण्ले गर्दा कम्पनीले यस रणनीतिलाई कहिल्यै प्रयोग नगर्न पनि सक्ने भनी उल्लेख गरिएको छ।

एकै साथ दुई भिन्न प्रकारको इन्टरफेस समावेश भएको आईफोन हेर्दा/देख्दा केही अनौठो लागे तापनि केही नेटिजनहरूले डुअल–इन्टरफेस डिजाइनको फाईदा बारे उल्लेख गरेका छन्। एकै समयमा हेडफोन र चार्जर प्रयोग गर्न सकिने उल्लेख गरिएको छ। तारयुक्त हेडफोन मन पराउने केही आईफोन प्रयोगकर्ताहरूलाई आईफोन ७ मा हेडफोन ज्याक हटाएको हुनाले केही चित्त नबुझेको बताइएको छ।

प्रकाशित: १ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...