अब ओखलढुङ्गाबाटै ‘लाइसेन्स’

  • Technology Khabar | १ फाल्गुन २०७९, सोमबार
अब ओखलढुङ्गाबाटै ‘लाइसेन्स’

काठमाडौं ।

पूर्वी पहाडी जिल्ला ओखलढुङ्गाबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण हुने भएको छ। सिद्धिचरण नगरपालिका-४, रुम्जाटारमा स्थापना गरिएको रुम्जाटार यातायात कार्यालयबाट सवारीचालक अनुमतिपत्र वितरण गर्न लागिएको हो।

दुई वर्षअघि स्थापना भएको यातायात ब्यबस्था कार्यालय ओखलढुङ्गाबाट सवारीचालक अनुमतिपत्र वितरणका लागि अनलाइन फाराम खुला गरिएको कार्यालय प्रमुख गोपाल दाहालले बताए। सवारीचालक अनुमतिपत्र लाइसेन्स वितरणको सम्पूर्ण तयारी पूरा भइसकेको र यातायात व्यवस्था विभागले रुम्जाटारबाट लाइसेन्स जारी गर्ने गरी अनलाइन फारम खुला गरेको प्रमुख दाहालको भनाइ छ।

दुई वर्षदेखि कार्यालयले ड्राइभिङ लाइसेन्स जारी गर्नेबाहेक, सवारी दर्ता, नवीकरण, नामसारी, रुट परमिट जारीलगायतका काम गर्दै आएको थियो। गोरखापत्रबाट

प्रकाशित: १ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार