भ्यालेन्टाइनस् डेको अवसरमा बिजबजारको बी आवर भ्यालेन्टाइन क्याम्पेन

  • Technology Khabar | २८ माघ २०७९, शनिबार
भ्यालेन्टाइनस् डेको अवसरमा बिजबजारको बी आवर भ्यालेन्टाइन क्याम्पेन

काठमाडौं ।

ई-कमर्स प्लेटफर्म बिजबजारले भ्यालेन्टाइन डेकाे अवसरमा ७ फेब्रुअरी देखी एक हप्ता अर्थात् भ्यालेन्टाइनस् डे १४ फेब्रुअरी सम्म “बी आवर भ्यालेन्टाइन” नामक भ्यालेन्टाइन वीक क्याम्पेन सञ्चालन गरिरहेको छ।

सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस क्याम्पेन अन्तर्गतको गिफ्ट्स फर हीम योजनामा ५५ प्रतिशत सम्म, गिफ्ट्स फर हर योजनामा ५५ प्रतिशत सम्म, फ्याशन उत्पादनहरुको योजनामा ३० प्रतिशत सम्म, इलेक्ट्रोनिक्स उत्पादनहरुको योजनामा ३० प्रतिशत सम्म, हेल्थ एण्ड ब्यूटी प्रडक्टमा ३० प्रतिशत सम्म र होम डेकोर तथा फर्निचरमा ७० प्रतिशत सम्म छुट सहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन्।

साथै कम्पनीले रु २००० माथिको खरिदमा रु २०० बराबरको भौचर पनि प्रदान गर्ने छ जुन भौचर ग्राहकले मायालु (MAYALU) कोड प्रयोग गरी २८ फेब्रुअरी भित्र प्रयोग गर्न सक्ने जानकारी दिएको छ। बिजबजारले आफ्नो आधिकारिक फेसबुक पेजबाट सो क्याम्पेन अवधिमा विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू पनि सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्।

यो अफरका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २८ माघ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार