आविष्कार केन्द्रको बेबी वार्मरलाई नेदरल्याण्डको बुमगार्ड फाउण्डेशनले ८० हजार युरो अनुदान दिने

  • Technology Khabar | २३ माघ २०७९, सोमबार
आविष्कार केन्द्रको बेबी वार्मरलाई नेदरल्याण्डको बुमगार्ड फाउण्डेशनले ८० हजार युरो अनुदान दिने

काठमाडौं ।

राष्ट्रिय आविष्कार केन्द्रले बनाएको बेबी वार्मरलाई थप परिस्कृत गर्नका लागि नेदरल्याण्डको बुमगार्ड फाउण्डेशनले ८० हजार युरो अर्थात करिब १ करोड १० लाख रुपैयाँ अनुदान दिने भएको छ।

केन्द्रले नवजात शिशुहरुलाई तातो पार्न प्रयोग हुने ‘न्यानो नानी’ नामक बेबी वार्मर बनाउँदै आएको छ।

भर्खरै जन्मेका बच्चाहरुलाई न्यानो बनाउन प्रयोग गरिने यो बेबी वार्मर अन्तराष्ट्रिय इलेक्ट्रोटेक्निकल कमिसनको कोड कोड आईईसी (Code IEC 60601-2-21) अनुसारको गुणस्तरसँग मिल्ने गरी बनाइएको केन्द्रले जानकारी दिएको छ।

केन्द्रका संस्थापक डा. महाविर पुनले ट्विटरमार्फत बेबी वार्मरको प्रबिधिलाई थप विकास गरी बजारिकरणको लागी आवश्यक पर्ने अन्तराष्ट्रिय मापदण्डहरु पुरा गर्न नेदरल्याण्डको बुमगार्ड फाउण्डेशनले स्व-ईच्छाले ८० हजार युरो अर्थात करिब १ करोड १० लाख रुपैयाँ सहयोग गर्ने जानकारी दिएका हुन्।

उनकाअनुसार नेपाली बेबी वार्मरको मूल्य ६० हजार रुपैयाँ हाराहारी पर्दछ।

केन्द्रले पहिलो चरणमा १५ वटा तयार पारेको थियो र थप आवश्यकता र मागअनुसार तयार पार्ने गरेको बताईएको छ।

सम्बन्धित समाचार-

राष्ट्रिय आविष्कार केन्द्रले तयार पार्यो ‘न्यानो नानी’ नामक बेबी वार्मर

फाउण्डेशनको अनुदान रकमको उद्देश्य उत्पादन मूल्य घटाउने, न्यानो नानीलाई अप्टिमाइज गर्ने र मापन गर्ने लक्ष्य राखिएको छ।

यसका साथै आविष्कार केन्द्रले आफ्नो बेबी वार्मर मेसिनलाई नेदरल्याण्डको डेल्फ्ट युनिभर्सिटी अफ टेक्नोलोजीमा थप प्रगति र सुधार गरेर अन्तर्राष्ट्रिय बजारका लागि तयार पार्नेगरी पठाउने भएको छ।

प्रकाशित: २३ माघ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार