
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक÷सामुदायिक क्याम्पसहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने भएको छ।
त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक/सामुदायिक क्याम्पसहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने कार्यका लागि दूरसञ्चार प्राधिकरण र सम्बन्धित विश्वविद्यालयहरु बीच माघ २२ गते समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
उक्त समझदारी पत्रमा प्राधिकरणका तर्फबाट अध्यक्ष पुरुषोत्तम खनाल तथा त्रिभुवन विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा.डा. पेशल दाहाल र नेपाल संस्कृत विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार माधब अधिकारीले हस्ताक्षर गरे।
उक्त कार्यबाट प्रविधिको प्रयोग मार्फत विश्वविद्यालयबाट प्रवाह भइरहेको शैक्षिक कार्य थप व्यवस्थित हुने र वैकल्पिक सिकाईमा पनि टेवा पुग्ने विश्वास लिइएको छ।
प्रकाशित: २३ माघ २०७९, सोमबार