नेपाल टेलिकमको फाइबर सेवा ६८ जिल्लामा

  • Technology Khabar | २२ माघ २०७९, आईतवार
नेपाल टेलिकमको फाइबर सेवा ६८ जिल्लामा

काठमाडौं ।

नेपाल टेलिकमको फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन उपलब्ध हुने एफटीटीएच सेवा ६८ जिल्लामा विस्तार भएको छ। नेपाल टेलिकमको १९ औं वार्षिक वार्षिकोत्सवको अवसरमा प्रबन्ध निर्देशक सुनिल पौडेलले एफटीटीएच सेवा ६८ जिल्लामा विस्तार भएको जानकारी दिएका हुन्।

कम्पनीले एफटीटीएच सेवाको योजनालाई देशव्यापी विस्तार गरिरहेको उनले बताए। बाँकी ९ जिल्लामा पनि सेवा उपलब्ध गराउने गरी नेपाल टेलिकमले काम गरिरहेको छ।

एफटीटीएच भ्वाइस सेवाका ग्राहक २ लाख ४७ हजार र एफटीटीएच डाटा सेवाका ग्राहक २ लाख ११ हजार छन्।

 

प्रकाशित: २२ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार