एनसेलले भिडियो अन डिमाण्ड सेवा ल्याउँदै, आइफ्लिक्ससँग समझदारी

Technology Khabar २९ असार २०७४, बिहीबार

काठमाडौं ।

काठमाडौं, २९ असार । एनसेलले नेपाली मोबाइल सेवा ग्राहकहरुका लागि मनोरन्जनात्मक सामाग्रीहरु मोबाइलमार्फत उपलब्ध गराउने भएको छ ।

एनसेलको मुख्य लगानीकर्ता कम्पनी आजिआटाले ‘सब्सक्रिप्सन भिडियो अन डिमाण्ड’ subscription video on demand (SVoD) सर्भिसको लागि आइफ्लिक्ससँग (iflix) समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

मलेशियामा रहेको एनसेलको मुख्य कम्पनी आजिआटाले हालै आइफ्लिक्ससँग ‘नन बाइण्डिङ’ समझदारॉ5 उत्पादनहरु र डिजिटल सामाग्रीहरु यो क्षेत्रका एशियाली मुलुकभरका ग्राहकहरुलाई मनोरन्जनात्मक सामाग्रीहरु प्रदान गर्न सहकार्य गराउनेछ ।

क्षेत्रिय सहकार्यअन्तर्गत अब इण्डोनेशियाको एक्सएल, क्याम्बोडियाको स्मार्ट, बंगलादेशमा रोबी र नेपालमा एनसेलमार्फत विभिन्न सामाग्रीहरु प्रदान गर्नेछन् ।

आजिआटाका एशियाली ६ मुलुकहरुमा १२ करोड ५० लाख भन्दा बढि मोबाइल सेवाग्राहीहरु रहेका छन् ।

दुबै सहकर्मी कम्पनीहरुले मलेशियामा रहेको सेलकम, श्रीलंकामा रहेको डायलगसँगको सहकार्यमा मनोरन्जनात्मक सामाग्रीहरु प्रदान गरेको सेवालाई बिस्तार गर्न लागेको हो । यो क्षेत्रिय सहकार्यअन्तर्गत अब इण्डोनेशियाको एक्सएल, क्याम्बोडियाको स्मार्ट, बंगलादेशमा रोबी र नेपालमा एनसेलमार्फत विभिन्न सामाग्रीहरु प्रदान गर्नेछन् ।

यसका अतिरिक्त आइफ्लिक्स र आजिआटाले संयुक्तरुपमा आजिआटाका यो क्षेत्रका ग्राहकहरुका लागि विशेष सामाग्रीहरु उत्पादन गर्ने समझदारीमा उल्लेख छ ।

‘आजिआटा सँधै ग्राहकहरुलाई आविस्कारीक अनुभव प्रदान गर्न ससक्तरुपमा ध्यान केन्द्रित गरिरहेको छर र हामी नयाँ मूल्य, विशेषगरि डिजिटल मनोरन्जनात्मक उत्पादनहरु र डिजिटल सामाग्रीहरु यो क्षेत्रभित्र बितरण गर्दै आफ्नो उपस्थिती सुदृढ पार्न चाहन्छौं,’ कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

यो एक किसिमको शुल्क भुक्तानी गरिएको टेलिभिजन/भिडियो कार्यक्रम हो, जसमा विभिन्न टिभी सिरिजहरु, ब्लकबस्टर सिनेमाहरु पनि सेड्यूलमा नराखिकन हेर्न सकिन्छ ।

कम्पनीले आइफ्लिक्सको विश्वस्तरीय सेवा र सामाग्रीहरु नेपालसहित मलेशिया, इण्डोनेशिया, बंगलादेश, क्याम्बोडिया र श्रीलंकाका १२ करोड ५० लाख भन्दा बढि ग्राहकहरुलाई प्रदान गर्न रोमान्चक भएको आजिआटा ग्रुपका चीफ स्ट्राटेजी एण्ड मार्केटिङ अफिसर डोमिनीक एरेनाले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

त्यसैगरि आइफ्लिक्स ग्रुपका चीफ एक्जुकेटिभ अफिसर मार्क ब्रिटले विश्वको उत्कृष्ट टिभी शोहरु र मुभीहरु असिमितरुपमा आजिआटाका ग्राहकहरुलाई यूजर एक्सपेरियन्स तथा अतुलनिय सेवाको माध्यमबाट प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

आइफ्लिक्सले आागमी महिनाहरुमा नेपालसहित ६ देशका ग्राहकहरुलाई उच्च आविश्कारिक तथा अवार्ड बिजेता मोबाइल इन्टरनेट फुलफिलमेन्ट एक्सचेन्ज एप्लिकेसन प्लेटफर्म तथा म्यूजिक सर्भिस योण्डरमार्फत आजिआटासँग कार्य गर्ने र मिडिया तथा मनोरन्जनलाई पुर्नपरिभाषित गर्ने जनाएको छ ।

यो विषयमा नेपालमा भने हालसम्म कुनै जानकारी नभएको एनसेल स्रोतले जनाएको छ । यसअघि एनसेलले एक टेलिभिजन कम्पनीको सहकार्यमा भिडियो कन्टेन्ट निर्माण गरेको स्रोतले बतायो ।

के हो सब्सक्रिप्सन भिडियो अन डिमाण्ड ?

सब्सक्रिप्सन भिडियो अन डिमाण्ड सेवा नियमितरुपमा मासिक रकम भुक्तानी गरेर प्रयोगकर्ताहरुले आफूलाई मनपर्ने विभिन्न किसिमका कार्यक्रमहरु हेर्न सकिने सेवा हो । यसमा प्रयोगकर्ताहरुलाई सब्सक्रिप्सनमा पूर्ण नियन्त्रण हुन्छ, र उनीहरुले सो कार्यक्रम कतिखेर हेर्ने भनेर निर्धारण गर्न सक्दछन् । प्रयोगकर्ताहरुले आफूलाई मन परेको कार्यक्रम रोक्न, फास्ट फरवार्ड गर्न, रिवाइण्ड गर्न र रोक्न सक्दछन् ।

यो एक किसिमको शुल्क भुक्तानी गरिएको टेलिभिजन/भिडियो कार्यक्रम हो, जसमा विभिन्न टिभी सिरिजहरु, ब्लकबस्टर सिनेमाहरु पनि सेड्यूलमा नराखिकन हेर्न सकिन्छ ।

यो सेवामा उच्च गुणस्तरका सामाग्रीहरु कुनैपनि बेला ग्राहकहरुको मागमा उपलब्ध हुन्छन, र यो सिधै प्रयोगकर्ताको टिभी सेटहरुमा हेर्न सकिन्छ । यस्ता कन्टेन्टहरु निरन्तर अपडेट गरिएका हुन्छन् ।

यो सेवा लिने सेवाग्राहीहरुलाई नियमित शुल्क भुक्तानी गरेपछि विशेष कार्यक्रमहरुमा पनि सिधै पहुँच प्राप्त गर्ने सुविधा पनि उपलब्ध गराईएको हुन्छ । सब्सक्रिप्सन भिडियो अन डिमाण्ड सेवा ट्रान्जेक्सन भिडियो अन डिमाण्डको तुलनामा भिन्न व्यवसायीक योजनामा आधारित भएर संचालन गरिएको हुन्छ ।

समग्रमा भन्दा एनसेलका ग्राहकहरुले अब स्मार्ट फोनमा वा स्मार्ट टेलिभिजन सेटहरुमा सिधै विभिन्न भिडियोमा आधारित सामाग्रीहरु निश्चित मासिक शुल्क तिरेपछि हेर्न सक्नेछन् ।

यसअघि नेपालमा नेटफ्लिक्सले यस्तो सेवा बिस्तार गरेको घोषणा गरेको थियो । तर यसको लागि नेपालमा कुनै आधारिक बितरक भने उपलब्ध छैन् ।

माध्यम १ माध्यम २

प्रकाशित: २९ असार २०७४, बिहीबार

तपाइको प्रतिक्रिया