
काठमाडौं ।
इलन मस्कले ट्विटर किन्दादेखि नै ट्विटर विभिन्न कुरालाई लिएर चर्चामा छ। यसैबीच कम्पनीका सीईओ मस्कले प्लेटफर्म प्रयोगकर्ताका लागि ठूलो घोषणा गरेका छन्। यस घोषणाबाट सिर्जनाकर्ताहरूले धेरै लाभ उठाउनेछन्।
इलन मस्कले एक ट्वीटमा अब कम्पनीले विज्ञापनबाट प्राप्त कमाई निर्माताहरूसँग साझा गर्ने जानकारी दिएका छन्। मस्कले ट्वीट थ्रेडको बीचमा आउने विज्ञापन वा भिडियोको साथ आउने विज्ञापनबाट हुने आम्दानीलाई कम्पनीले बाँड्ने र मानिसहरूले पैसा कमाउन सक्ने बताएका हुन्। यो ३ फेब्रुअरी २०२३ देखि सुरु भएको छ।
कम्पनीले विज्ञापनबाट हुने आम्दानीको हिस्सा ट्विटर ब्लूको सदस्यता लिएका प्रयोगकर्ताहरूलाई मात्र दिनेछ। अर्थात् आम प्रयोगकर्ताले यसबाट कुनै फाइदा पाउने छैनन्।
मस्कले पहिले ट्विटर ब्लूको लागि मानिसहरूबाट पैसा लिए, र अब उनीहरूलाई कमाउने मौका दिइरहेका छन्। कम्पनीले आम्दानीको कति हिस्सा क्रिएटरलाई दिने वा यसका लागि नीति के हुने भन्ने जानकारी भने अहिलेसम्म आएको छैन। इलन मस्कको यो कदमले ट्विटर ब्लुका ग्राहकहरूको संख्या बढाउने विश्वास गरिएको छ किनकी कम्पनीले यी व्यक्तिहरूसँग मात्र राजस्व साझेदारी गर्नेछ।
ट्विटर ब्लूको सदस्यता लिएर, तपाईंले पनि सजिलैसँग आफ्नो खातामा निलो टिक प्राप्त गर्नुहुनेछ। यस बाहेक ट्विटर ब्लू प्रयोगकर्ताहरूले अन्य धेरै सुविधाहरू पनि पाउँछन्। हाल यो सुविधा नेपालमा उपलब्ध नभए पनि कम्पनीले अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्यान्ड, जापान, बेलायत, साउदी अरेबिया, फ्रान्स, जर्मनी, इटाली, पोर्चुगल र स्पेन आदिमा यो सेवा सुरु गरेको छ। ट्विटरले एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरूलाई ट्विटर ब्लूको लागि प्रति महिना ११ डलर चार्ज गर्दछ, जबकि वेब प्रयोगकर्ताहरूले प्रति महिना ८ डलर तिरे पुग्दछ।
प्रकाशित: २१ माघ २०७९, शनिबार