एप्पलले मर्मत गरिएका आईफोन १३ मोडलहरू युरोपमा बिक्री गर्दै

  • Technology Khabar | १३ माघ २०७९, शुक्रबार
एप्पलले मर्मत गरिएका आईफोन १३ मोडलहरू युरोपमा बिक्री गर्दै

काठमाडौं ।

एप्पलले युरोपमा कम्पनीबाटै आधिकारिक तवरले मर्मत गरिएको आईफोन १३ मिनी, आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स मोडलहरु बिक्री गर्न शुरु गरेको छ।

सर्टिफाइड रिफर्बिस्ड कार्यक्रम अन्तर्गत पहिलो पटक विशेष गरी उक्त ह्यान्डसेटहरू युरोपको बेलायत, जर्मनी, इटाली र स्पेनमा एप्पलको अनलाइन स्टोर मार्फत उपलब्ध गराइएको जीएसएमएरिनाले बताएको छ।

उक्त सर्टिफाइड रिफरबिस्ड कार्यक्रम अन्तर्गत आईफोनमा नयाँ ब्याट्री, नयाँ आउटर शेल, जेनुन एप्पल पार्ट रिप्लेसमेन्ट (आवश्यक भएको खण्डमा), राम्रोसँग फोनको सफाई (थरो क्लिनिङ), ओरिजिनल ओएस वा हालैको संस्करण प्री इन्स्टलका साथै सबै सामान र केबलहरू भएको विशेष बक्स समावेश गरिएको बताइएको छ।

त्यसैगरी कम्पनीले पूर्णरुपमा कार्यात्मक परीक्षणहरू गरेर मात्रै उक्त फोनहरु बाहिर पठाउने उल्लेख गरिएको छ। साथै एक–वर्षको वारेन्टी प्रदान गर्दै उक्त रिफरबिस्ड फोनहरु निःशुल्क डेलिभरी गरिने र फिर्ता पनि गर्न सकिने बताइएको छ।

मोडेलको आधारमा उक्त फोनहरुको मूल्य भने नयाँ फोनको तुलनामा बेलायतमा १०० पाउण्डदेखि २३० पाउण्डको बचत हुने बताइएको छ। त्यसैगरी जर्मनी, इटाली र स्पेनमा देशको र आईफोन मोडेलको आधारमा नयाँ फोनको तुलनामा १२० युरो देखि २८० युरो सम्म बचाउन सकिने छ।

त्यसैगरी आईफोन १३ को सिरिज अमेरिकामा पनि पहिले नै एप्पलको सर्टिफाइड रिफरबिस्ड पृष्ठमा सूचीबद्ध गरिएको बताइएको छ। यद्यपी अमेरिकामा भने अझै पनि उक्त रिफरबिस्ड फोनहरु उपलब्ध भइनसकेको उल्लेख छ।

सूची आफैं प्रमाण भएको हुनाले उक्त रिफरबिस्ड फोनहरु चाँडै नै अमेरिकामा उपलब्ध हुने अपेक्षा गरिएको बताइएको छ।

प्रकाशित: १३ माघ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार