सामाजिक सञ्जालमा अनधिकृत पहुँच बनाई ठगी गर्नेहरु पक्राउ

  • Technology Khabar | ६ माघ २०७९, शुक्रबार
सामाजिक सञ्जालमा अनधिकृत पहुँच बनाई ठगी गर्नेहरु पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

सामाजिक सञ्जालमा अनधिकृत पहुँच बनाई ठगी गर्नेहरु दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा कुराकानी गरी विशेषत चलचित्र क्षेत्रमा पेशारतलाई आफू मोडल भएको बताउँदै ठगी गर्नेहरुलाई पक्राउ गरिएको साइबर ब्यरोका प्रवक्ता पशुपति कुमार रायले जानकारी दिए।

प्रहरीले नुवाकोट विदुर नगरपालिका घर भएका १७ वर्षका साइवर ब्यूरो ४५ र रसुवा उत्तरगया गाउँपालिका घर भएका १९ वर्षका विवेक आचार्य नाम परिवर्तनलाई सामाजिक सञ्जाद दुरपयोग गरी ठगी कन्तर्गतको कसुरमा पक्राउ गरिएको हो। हाल दुवै जना हाल काठमाडौं नगरपालिका ताकेश्वर नेपालटार बस्दै आइरहेका थिए।

उनीहरुले आफू मोडल भएको झुटो पोष्ट बनाई सो पोष्टमा क्लिक गर्न लगाउने, प्रचलित नेपाली गितहरुको लिंक क्लिक गरी सेयर गर्न लगाउने गरेका थिए। साथै भिडियो कलमा आफै नाङ्गो आई सो रेकर्ड गर्ने, प्राप्त अभिलेखहरु सम्पूर्ढा परिवार तथा साथीहरुलाई पठाईदिन्छु भनि विभिन्न बहानामा पीडितहरुको गोप्य सूचना (यूजर नेम, पासवर्ड, ओटीपी) लाई डरत्रासमा पारी अनधिकृत पहुँच बनाउने र ब्ल्याकमेलिङ गर्दै आएको प्रहरीको सूचना उल्लेख छ।

प्रकाशित: ६ माघ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार