
काठमाडौं ।
जिरोएभियाले बिहीबार विश्वको ठूलो हाइड्रोजन इलेक्ट्रिक विमान उडान गरेर दिगो उड्डयन (सस्टेनेबल एभिएसन) तर्फ कदम बढाएको छ।
प्रोटोटाइप हाइड्रोजन–इलेक्ट्रिक पावरट्रेन जडान गरिएको उक्त १९ सिट क्षमता भएको ट्वीन इन्जिन डोर्नियर २२८ विमानले बेलायतको कोट्सवल्ड एयरपोर्टबाट १० मिनेटको परीक्षण उडान पूरा गरेको हो छ। उक्त उडान हाईफ्लायर II परियोजना को एक हिस्सा भएको बताइएको छ। सरकारको वित्तीय सहयोग आर एण्ड डी कार्यक्रमको हाईफ्लायर II परियोजनाले साना यात्री विमानहरुलाई वातावरण मैत्री बनाउनको लागि काम गर्दै आइरहेको छ।
उक्त विमानमा जडान गरिएका पावरट्रेनमा अन–साइट इलेक्ट्रोलाइजरबाट उत्पादन गरिएको कम्प्रेस्ड ग्यासियस हाइड्रोजनलाई ईन्धनको रुपमा प्रयोग गरिएको थियो। उक्त परीक्षण कन्फिगरेसनमा दुईओटा फ्युल–सेल स्ट्याकहरू र लिथियम–आयन ब्याट्री प्याकहरू समावेश गरिएको र परीक्षणको लागि क्याबिनमा राखिएको उल्लेख गरिएको छ।
विमानलाई व्यावसायिक रुपमा प्रयोगको गर्नका लागि भने क्याबिनमा बस्ने ठाउँ बनाउनु पर्ने हुन्छ। त्यसैले परीक्षणको लागि भनी क्याबिनमा राखिएका उक्त फ्युल–सेल स्ट्याकहरू र लिथियम–आयन ब्याट्री प्याकहरू बाह्य भण्डारणमा सरेर व्यावसायिक प्रायोजनका लागि विमानको क्याबिनमा बस्ने ठाउँ बनाउन सकिने थप उल्लेख गरिएको छ।
त्यसैगरी टेकअफ र सुरक्षा–सम्बन्धित रिडन्डन्सीको समयमा थप पावरको लागि भनेर विमानको दाहिने पखेटामा हनीवेल टीपीई–३३१ स्टक इन्जिन पनि जडान गएिको थियो।
यस वर्ष भित्र उक्त प्रविधिलाई प्रमाणित गर्ने ट्रयाकमा रहेको जीरोएभियाले २०२५ सम्ममा व्यावसायिक रुटहरुको पनि योजनामा रहेको उल्लेख गरिएको छ। विमानलाई ९० सिट क्षमताको बनाउनका लागि भनेर हाल कम्पनीले २–५ मेगावाटको पावरट्रेन कार्यक्रममा पनि काम गरिरहेको उल्लेख गरिएको छ। साथै कम्पनीको अर्को दशक सम्ममा न्यारो बडी प्लेनमा विस्तार गर्ने लक्ष्य रहेको थप उल्लेख गरिएको छ।
अमेजनले आफ्नो क्लाइमेट प्लेजे फण्ड अन्तर्गत उक्त कम्पनीमा लगानी गरेको उल्लेख गरिएको छ।
जिरोएभियाको उक्त विमानको उडानको फुटेज
प्रकाशित: ६ माघ २०७९, शुक्रबार