अशोक लेल्याण्डको बोस इलेक्ट्रिक ट्रक आउँदै

  • Technology Khabar | ६ माघ २०७९, शुक्रबार
अशोक लेल्याण्डको बोस इलेक्ट्रिक ट्रक आउँदै

काठमाडौं ।

कमर्शियल सवारी निर्माता अशोक लेल्याण्डले अटो एक्स्पो २०२३ मा आफ्नो नयाँ बोस इलेक्ट्रिक ट्रक प्रस्तुत गरेको छ। बोस इलेक्ट्रिक ट्रक कम्पनीको बोस इलेक्ट्रिक कमर्शियल भेहिकलको ट्रक मोडल भएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

बोस इलेक्ट्रिक ट्रक हाई पर्फमेन्स इलेक्ट्रिक मोटर र एडभान्स लिथियम आयन ब्याट्रीबाट सञ्चालन हुने भएकाले अधिक रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। ट्रकलाई ढुवानी र आन्तरिक शहर सवारीको रुपमा डिजाइन गरिएको छ। सवारीको उपयोग निजी तथा कूरियर, पोल्ट्री लगायत अन्य वस्तुको ढुवानीका लागि गर्न सकिन्छ।

बोस ट्रकले एक पटकमा ७.५ टनसम्म तौल उठाउन सक्षम छ। यसबाट सजिलै मालवस्तु ढुवानी गर्न सकिन्छ।

इलेक्ट्रिक ट्रक एडभान्स टेलिम्याटिक्स र फ्लीट म्यानेजमेन्ट सिस्टमबाट सुसजिज्जत छ। यसले सवारकिो प्रदर्शनको रियल टाइम ट्रयाकिङ अनुमति दिन्छ र फ्लीटले उपयोग तथा परिचालन दक्षतालाई अनुकूलित गर्न मद्दत गर्छ। हावाको प्रभावलाई कम गर्नका लागि ट्रकमा इयरोडायनामिक डिजाइन दिइएको छ। यसले कम ब्याट्री खपत गरेर धेरै रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

हालका लागि कम्पनीले नयाँ इलेक्ट्रिक ट्रकको रेञ्ज, ब्याट्री क्षमता र पावर आउटपुटको जानकारी दिएको छैन। यो ट्रक आगामी केहि महिनामा भारतमा बिक्रीका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ६ माघ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...