टिकटक लाइभमा तास खेलाउने मल्ल पक्राउ

  • Technology Khabar | ५ माघ २०७९, बिहीबार
टिकटक लाइभमा तास खेलाउने मल्ल पक्राउ

काठमाडौं ।

टिकटक लाइभमा जुवा (तास) खेलाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टिकटकबाट जुवा खेलाउने ललितपुर हरिसिद्धी बस्ने ३५ वर्षका हरिसचन्द्र मल्ललाई पक्राउ गरिएको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

मल्लले आफ्नो इसेवा लगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लाई आफूलाई लाभ हुने गरी टिकटक लाइभ मार्फत रकमको वाजी राख्न लगाई जुवा (तास) खेलाउने गरेको छ।

प्रहरले सूचनाको आधारमा निगरानी राख्ने क्रममा माघ ३ गते लतिपुरबाट मल्ललाई टिकटक लाइभ मार्फत जुवा खेलाई रहेको अवथामा फेला पारी नियन्त्रणमा लिएको हो।

मुलुकी अपराध संहिता २०७४ को दफा १२६ को उपदफा १ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेको मल्लले क्वक क्यास नामक टिकटक आईडीहरु खोली दुई ओटा इसेवा वालेटमा विभिन्न व्यक्तिहरुलाई रकम जम्मा गर्न लगाई १५ दिनको अवधिमा ८ लाख ५३ हजार ३३१ रुपैयाँ बराबरको रकम टिकटक लाइभ जुवा मार्फत कारोबार गरेको देखिएको छ।

उनीबाट टिकटक लाइभ जुवा खेल्न तथा खेलाउन प्रयोग भएको एक थान स्मार्टफोन, ३ बुक तास र तास खेल्ने विभिन्न व्यक्तिका नाम र रकम उल्लेख भएको रजिस्टर १ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ५ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार