सामसङ ग्यालेक्सी एस २३ अल्ट्राको लागि २०० मेगापिक्सेलको क्यामरा सेन्सर सार्वजनिक

  • Technology Khabar | ४ माघ २०७९, बुधबार
सामसङ ग्यालेक्सी एस २३ अल्ट्राको लागि २०० मेगापिक्सेलको क्यामरा सेन्सर सार्वजनिक

काठमाडौं ।

सामसङले मोर पिक्सेल ईज बेटर भन्ने मन्त्रलाई जारी राख्दै २००–मेगापिक्सेलको (एमपी) सेन्सर सार्वजनिक गरेको छ।२००–मेगापिक्सेल एचपी१ र एचपी३ सेन्सरहरुको बिचमा ०.६ पिक्सेल पिच माईक्रोमिटर्स (μm) सहित आईएसओसीईएलएल एचपी२ तुलनात्कम रुपमा केही ठूलो (स्मार्टफोनहरुको लागि) टाइप ११.३ सेन्सर (लगभग १२ एमएम डायगोन्ली)को छ। उक्त क्यामरा सेन्सरमा नयाँ एचडीआर फिचर समावेश गरिएको र यसले विगतका सेन्सरहरूले भन्दा बढी प्रकाश संकलन गर्ने दाबी गरिएको छ। त्यसैगरी उक्त क्यामरा सेन्सर सम्भवतः सामसङको आगामी ग्यालेक्सी एस२३ अल्ट्रा स्मार्टफोनमा प्रयोग गरिने उल्लेख गरिएको छ।

उक्त एचपी२ मा डुअल भर्टिकल ट्रान्सफर गेट टेकनोलोजी प्रयोग गरिएको सामसङको भनाइ छ। पिक्सेलको पूर्ण क्षमतालाई ३३ प्रतिशतभन्दा बढी बढाउँदै यसले महत्वपूर्ण ढङ्गमा प्रत्येक फोटो डायोडबाट उपलब्ध इलेक्ट्रोनहरूको संख्यालाई दोब्बर बनाउने कम्पनीको दाबी छ। यसले गर्दा ओभरएक्सपोजरलाई घटाउने र उज्यालो प्रकाश भएको अवस्थाहरूमा कलर रिप्रोडक्सनलाई सुधार गरी स्याचुरेटिङ अघि पिक्सेलले धेरै चार्ज होल्ड गर्न सक्नेछ।

कम प्रकाश भएको अवस्थामा राम्रो प्रदर्शन गर्नका लागि चार वा १६ नेबोरिङ (छिमेकी) पिक्सेलहरुलाई बाइन्ड गरेर उक्त सेन्सर १.२ माईक्रोमिटर्स (μm) ५०–मेगापिक्सेल वा २.४ माईक्रोमिटर्स (μm) १२.५–मेगापिक्सेल सेन्सरमा रूपान्तरण हुनेछ। साथै यसले ५० मेगापिक्सेल मोडमा ३० फ्रेम पर सेकेण्डको ८के भिडियो खिच्ने बताइएको छ। त्यसैगरी यसले स्मार्ट-आइएसओ प्रो मार्फत १२।५ मेगापिक्सेल एचडीआर ईमेजेस् र ६० एफपीएस सम्मको ४के एचडीआर खिच्न सक्नेछ। साथै लो–लाइट अवस्थामा यसको प्रतेक पिक्सेलहरुले फोकस एजेन्टको भूमिका निर्वाह गरी क्वीक अटोफोकस प्रदान गर्ने बताइएको छ।

सामसङको ग्यालेक्सी एस२२ अल्ट्रामा मात्रै १०८ मेगापिक्सेल सेन्सर समावेश गरिएको र मोटोरोला ३० एज अल्ट्रा र शाओमी १२टी प्रो मा भने २०० मेगापिक्सेल एचपी१ चिप समावेश गरिएको छ। यद्यपि एस२३ अल्ट्रामा भने २०० मेगापिक्सेल सेन्सर रहने र एचपी२ को मास प्रोडक्सन पनि शुरु गरिएको छ। त्यसैगरी ग्यालेक्सी एस२३ आगामी फेब्रुअरी १ मा सार्वजनिक गरिने बताइएको छ।

प्रकाशित: ४ माघ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...