
काठमाडौं ।
केहि दिन अघि मात्रै सामसङले आफ्नो स्मार्टवाचहरुको लागि भनेर माईक्रो- एलईडी प्यानलको विकाश क्रमलाई तीव्रताका साथ अघि बढाई रहेको भनी एक रिपोर्टमा उल्लेख गरिएको जीएसमएरिनाले उल्लेख गरेको छ। अहिले एप्पल कम्पनीले पनि आफ्नो भविष्यका वाच सिरिजहरुमा उक्त माईक्रो- एलईडी प्यानल प्रयोग गर्ने बताइएको छ।
एलजी डिस्प्लेले पहिले नै अपरेसन सेट-अप तयार गरिसकेको र योजना अनुसार नै सानो मात्रामा माईक्रो-एलईडी स्क्रिनहरूको लागि ब्याकप्लेनहरू उत्पादन गरिरहेको उद्योगका एक स्रोतले बताएका छन्। उक्त माईक्रो- एलईडी स्क्रिनहरूको उत्पादन सन् २०२४ को मध्येदेखि शुरु गरिनेछ। त्यसपश्चात सन् २०२५ मा माइक्रो-एलईडी डिस्प्ले भएको पहिलो एप्पल वाचहरु बजारमा आइपुग्ने अपेक्षा गरिएको छ।
एलजीको प्रतिद्वन्द्वी सामसङले भने अर्को वर्षको शुरुवातमै माइक्रो-एलईडी डिस्प्ले तयार पार्ने विश्लेषकहरूले विश्वास व्यक्त गरेका छन्। त्यसैगरी सामसङले उक्त टेक एप्पललाई दिनु अघि आफ्नो ग्यालेक्सी वाच लाइनअपमा प्रयोग गर्ने सम्भावना छ।
साथै आफ्नो आपूर्ति श्रृंखला विविधीकरण गर्न रुचाउने एप्पलले दुबै कम्पनीहरूसँग सम्झौता गरेर सम्भवत सन् २०२५ मा कम्पनीले माइक्रो- एलईडी स्मार्टवाच ल्याउने छ।
प्रकाशित: २ माघ २०७९, सोमबार