
काठमाडौं ।
अमेरिकाको यूटीई/पिकअप ट्रक उत्पादक रामले आफ्नो पहिलो ब्याट्री इलेक्ट्रिक कन्सेप्ट भेहिकल ‘राम १५० रिभोल्युसन बीईभी कन्सेप्ट’ इलेक्ट्रिक यूटीईसहित डुअल इलेक्ट्रिक मोटर, अल ह्वील ड्राइभ र फोर ह्वील स्टेरिङमा सार्वजनिक गरेको छ।
कम्पनीले राम १५० रिभोल्युसन एसईसीमा सार्वजनिक गरेको छ। यसले कम्पनीको आगामी यात्राको रुपमा विद्युतीकरण र ईभीमा रामको प्रतिबद्धतालाई दर्शाउने द ड्रिभनले उल्लेख गरेको छ।
यो कन्सेप्ट चरणमा रहेकाले ईभीको धेरै स्फेसिफिकेन बाहिर ल्याइएको छैन। तर र्याम १५०० रिभोल्युसन ट्रक लोडको रुपमा प्रस्तुत गरिएको छ। आगामी दिनमा र्याम ट्रकमा थप नविनतम फिचर देख्न सकिनेछ।
कम्पनीले राम १५०० बीईभी २०२४ मा डेलिभरी गर्ने वाचा गरेको छ। आगामी वर्षहरमा यसको दायराभर विद्युतीकरण समाधानहरु बताएको छ।
‘राम १५०० रिभोल्युसन कन्सेप्ट हाम्रो सबैभन्दा स्पष्ट संकेत हो कि राममा असाधारण कार्य गर्न अझै बाँकी छं र हामी हाम्रो विद्युतीय यात्रामा जाँदैछौं भनेर सिधै औंल्याउँछौं,’ राम ब्रान्डका सीईओ माइक कोभल जुनियरले भने।
‘राममा, हामीले पिकअप ट्रकहरू के हुन सक्छन् भनेर पुनः परिभाषित गरेका छौं र बजारमा उत्कृष्ट इलेक्ट्रिक पिकअपहरू प्रदान गरेर प्रतिस्पर्धीहरूले के प्रस्ताव गरिरहेका छन् भन्ने विषयलाई धक्का दिनेछौं।’
एसटएिलए फ्रेम बडी–अन–फ्रेम आर्किटेक्चरमा निर्माण गर्न सेट गरिएको, राम १५०० रिभोल्युसनले अन्डरबडीसँग ब्याट्री प्याक समावेश गर्दछ र दुईवटा इलेक्ट्रिक मोटरहरूद्वारा संचालित हुन्छ। अल ह्वील ड्राइभको फिचर रहेको राम १५०० रिभोल्युसनले गाडीको बढ्दो गतिशीलताका लागि १५ डिग्रीसम्मको आर्टिकुलेसन फोर ह्वील स्टेरिङ प्रदान गर्छ।
एक्सटेरिय र इन्टेरियरको स्ट्यालिस फिचर पनि हाइलाइट गरिएको छ। जसमा एनिमेटेड र मोडर्ननाइज ‘आर-ए-एम’ ब्याज र एनिमेटेड फूल एलईडी ‘ट्युनिङ फोर्क’ हेडलाइट डिजाइन। थर्ड रो जम्प सिट र पावर्ड मिड गेटले उल्लेखनिय सिटिङ र स्टोरेज कन्फिगरेसनलाई अनुमति दिन्छ।
प्रकाशित: २६ पुष २०७९, मंगलवार