अटो एक्स्पो २०२३ मा एमजीले दुई ईभी सार्वजनिक गर्ने

  • Technology Khabar | २३ पुष २०७९, शनिबार
अटो एक्स्पो २०२३ मा एमजीले दुई ईभी सार्वजनिक गर्ने

काठमाडौं ।

एमजी मोटरले अटो एक्स्पो २०२३ मा आफ्नो दुई नयाँ इलेक्ट्रिक सवारी प्रस्तुत गर्ने तयारी गरेको छ। यस विषय कम्पनीले पुष्टी गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

एमजी४ इलेक्ट्रिक क्रसओभर टीज गरेसँग कम्पनीले एमजी५ इलेक्ट्रिक एसयूभी पनि टीज गरेको छ।

एमजी५ ईभी पाँच ढोका भएको पाँच सिटर इलेक्ट्रिक एसयूभी हो। जसलाई विश्वबजारमा स्टेशन भैगन या एस्टेटको रुपमा पनि चिनिन्छ। यसलाई पहिलो पटक सन् २०१७ मा चीनमा सार्वजनिक गरिएको थियो। एमजी५ ईभीलाई गत वर्षको मार्चमा नयाँ रुप दिइएको थियो।

हाल यो ईभी युरोपीयन बजारमा बिक्री भइरहेको छ। एमजी५ ४६०० मिमी लामो, १८१८ मिमी चौडा, १५४३ मिमी लग्लो र २६५९ मिमी ह्वीलवेस छ। कारको भित्रबाट धेरै स्पेसियस छ। यसमा १३६७ लिटरको ठूलो बूट स्पेस पाउन सकिन्छ।

विश्व बजारमा एमजी५ ईभीलाई दुई ब्याट्री विकल्पमा उपलब्ध छ। यसको सानो प्याक ५०.३ किलोवाट आवर लिथियम आयन हो। यसले फुल चार्जमा ३२० किलोमिटरको रेञ्ज प्रदान गर्छ। ठूलो ब्याट्री प्याक्स ६१.१ किलोवाट आवर क्षमताको छ। यसले फुल चार्जमा ४०० किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी गरिएको छ।

एमजी मोटरले ईभीमा ११ किलोवाटको एसी चार्जर उपलब्ध गराउँदै आइरहेको छ। डीसी चार्जरबाट ४० मिनेटमा ५ प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। एमजी५ लाई ब्याट्रीको आकारमा दुई ट्रिम्स सर्ट रेञ्ज र लङ रेञ्जमा प्रस्तुत गरिएको छ। सर्ट रेञ्जको एमजी५ले अधिकतम १७७ पीएसको पावरमा २८० एनएमको पिक टर्क प्रदान गर्छ भने लङ रेञ्ज भर्सनले १५६ पीएसम्म पावर दिन्छ भने टर्क समान छ।

एमजी५ ईभीले ० देखि १०० किलोमिटर प्रति घण्टाको गति ८.३ सेकेन्डमा प्राप्त गर्छ। यसको अधिकतम गति १८५ किलोमिटर प्रति घण्टा छ।

इन्डियन अटो एक्स्पो २०२३ जनवरी १२ देखि १५ सम्म दिल्लीमा आयोजना हुनेछ।

प्रकाशित: २३ पुष २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...